Search

बेनी बोर्डिङ कप : शुक्रबारदेखि सेमिफाइनलका खेल हुने

विकल्प न्युज / बेनी

माघ २५ गते ।


बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।

बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, केबी एकेडेमी र बालमन्दिर मावि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पर्बत बेनीको न्यू होराइजनले म्याग्दी एकेडेमीलाई १–४ गोल प्रहार गदैं क्वाटर फाइनलमा प्रवेश गरेको न्यू होराइजन केबी एकेडेमी दरबाङसँग सुन्य का बिरुद्ध ७ गोल खादै मैदानबाट बाहिरिएको छ ।

त्यस्तै क्वाटर फाइनलका खेलमा बालमन्दिरले गलेश्वर आर्दश माविलाई ०–८ गोल, बेनी बोर्डिङले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई २–१ गोल अन्तरमा पराजित गर्यो ।

क्वाटरफाइनलकै अर्को खेलमा दरबाङ बोर्डिङले लिटल गार्डेन एकेडेमीलाई २–० गोल प्रहार गदैं सेमिफाइनलमा प्रवेश गर्नबाट रोकेको छ ।

यसैगरी क्वाटरफाइनलमा बालमन्दिर माविले माउण्ट एभरेष्ट आवासीय माविलाई २–० को अन्तरले रोक्दै सेमिफाइनलको यात्रा तय गरेको छ । जारी प्रतियोगितामा सामुदायिक विद्यालयबाट सेमिफाइनलमा प्रवेश गर्ने बालमन्दिर मावि कालिपुल मात्रै छ ।

सेमिफाइनलको खेल शुक्रबार विहान ८ बजेदेखि हुने बेनी बोर्डिङ्गका लेखापाल बिशाल खत्रीले बताए । प्रतियोगितामा म्यान अफ दी म्याच घोषित भएका खेलाडीलाई बेनी बोर्डिङका संस्थापक रेशम बानियाँले पुरस्कार वितरण गरेका थिए ।

प्रयोगितामा विद्यार्थीलाई कुलतमा फस्न नदिने सन्देश तथा रचनात्मक कार्यमा प्रोत्साहन गर्ने नारासहित खेलाडीलाई मैदानमा प्रवेश गराइएको विद्यालयका प्रिन्सिपल मोहन अधिकारीले बताए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । बि(स २०७९ साल चैत्र २६ गते स्वर्गारोहण भएका विद्यालयका विद्यार्थी हिमाल रोकाको स्मृतिमा आयोजित प्रतियोगिताको फाइनल समेत शुक्रबार दिउँसो दुईबजे देखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ ।