जनयुद्ध दिवसमा ताराखोलामा सार्वजनिक बिदा

ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ २८ गते ।

जनयुद्ध दिवस फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । दशवर्षे जनयुद्धका क्रममा ताराखोला तत्कालिन माओवादीहरुको आधार इलाकाका रुपमा परिचित थियो ।

ताराखोला गाउँपालिकाले गत माघ १९ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय भन्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

उक्त दिन ताराखोला गाउँपालिकाको कार्यालय, पालिका भित्रका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सहकारी लगायत सम्पुर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले गतवर्षको माघ २९ गते १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई सर्वोच्च अदालतले हालैमात्र बदर गरिदिएको छ ।