राष्ट्रिय समाचार
पर्यटकको प्रतिक्षामा करबाकेली

विकल्प न्यूज/बेनी फागुन १८ गते । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् । पुन समुदायको कूलदेवता ‘करबाकेली […]
सडक योजनामा बजेट रोकिँदा म्याग्दीका जनप्रतिनिधि चुपचाप

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १८ गते । निर्माण व्यवसायीले म्याग्दीका विकास योजनाहरु समयमै सम्पन्न नगरेर अलपत्र परेका खबरहरु आइरहेका समयमा यहाँको ठेक्का लगाएको एक सडक योजनामा भने संघीय सरकारले बजेट उपलब्ध गराउन नसक्दा योजना अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । काम गर्ने निर्माण व्यवसायीलाई समयमै रकम भुक्तानी गर्न नसक्दा योजना नै अलपत्र पर्ने अवस्थामा पुगेको […]
बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका लालबहादुर

बेनी (म्याग्दी), फागुन १६ गते । उमेरले ७४ वर्ष पार गर्नुभएका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पुन लोप हुने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लाग्नुभएका उहाँ […]
एक सङ्क्रमित व्यक्तिबाट १८ जनामा सर्छ दादुरा

काठमाडौं, फागुन १६ गते । अति सङ्क्रामक रोग दादुरा रुबेलाविरुद्ध सरकारले देशभरका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरेको छ । पछिल्ला वर्षहरूमा दादुराले विभिन्न जिल्लामा महामारीको रूप लिन थालेपछि सरकारले ५७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालनमा ल्याएको हो । अभियान फागुन १३ देखि चैत ७ गतेसम्म चल्नेछ । सरकारले खोप अति जोखिममा […]
म्याग्दीमा साढे ६ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइदै

विकल्प न्यूज\बेनी फागुन १६ गते । म्याग्दीमा साढे ६ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । फागुन १६–२१ गतेसम्म म्याग्दीका ६ वटै स्थानीय तहमा डेढ सय खोप केन्द्र बाट ६ हजार ५ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको हो । बुधबार जिल्लाभरका खोप केन्द्ररुमा एकसाथ खोप अभियानको सुभारम्भ गरिने […]
माविस्तरीय सालैजो शिरफुले लोकनृत्य प्रतियोगितामा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन १५ गते । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको स्मृतिमा अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रतियोगितामा बेनी सामुदायिक मावि द्धितिय, न्यु वेष्ट पोइन्ट आवासीय […]
बेनीमा मगर दिवसको रौनक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १५ गते । म्याग्दीका मगर समुदायहरुले ४२ औं मगर दिवस मनाएका छन् । दिवसका अवसरमा मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा उनीहरुले सांस्कृतिक झाँकी प्रदर्शन गरेका हुन । जातिय पहिचान झल्कने भेषभूषा सहित सांस्कृतिक झाँकी प्रदर्शन सहित बजारमा ¥याली निकालेका थिए । मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीहरुले लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत […]
महायज्ञमा बहस-‘जल सम्पदा जोगाउन अहिल्यैदेखि लागौँ’

बागलुङ, फागुन १५ गते । पञ्चकोटबाट उत्तर फर्किदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ्रे हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ । बिहान सबेरै उठेर हेर्दा सुनौला देखिने हिमालको चमक अहिले हराएजस्तो छ । कताकता कालो देखिन्छ माछापुच्छ्रे। उता हिमलाको छायाँ उज्यालो छैन भने […]
जलजलामा फागुन २१ देखि दादुरा–रुबेला खोप अभियान संचालन हुने

विकल्प न्यूज/बेनी फागुन १५ गते । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी गाउँपालिकाका नौ महिना देखि ५ वर्ष भित्रका बालबालिकाहरुलाई दादुरा–रुबेला […]
उच्च माविका उत्कृष्ट विद्यार्थीलाई सुदिप स्मृति कोषको सम्मान

विकल्प न्यूज/बेनी फागुन १५ गते । सुदिप रावल स्मृति कोषको १५ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित कोषको मगलबार आयोजित एक कार्यक्रममा जिल्ला प्रथम हुने बेनी सामुदायिक माविका हिमाल आचार्य(३.६६जिपिए),न्यु वेष्ट पोइन्ट […]
कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे

ठाकुरप्रसाद आचार्य फागुन १३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रशिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालिगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकहरुलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल […]
गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीलाई सफलता

विकल्प न्यूज/बेनी फागुन १३ गते । गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलोपटक सफलता हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल ग¥यो । उक्त प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० कास्य पदक जित्न सफल भयो । खेलकुदको इतिहासमा म्याग्दीले प्राप्त गरेको यो […]
दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि

काठमाडौँ, फागुन १३ गते । देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो […]
जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

विकल्प न्युज/बेनी फागुन १२ गते । पर्वतको जलजला गाउँपालिकामा शनिवा देखि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम सुरु भएको छ । प्रभावकारी सेवा प्रवाहको लागि जलजला गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र जलजला गाउँपालिका लामाखेत पर्वतको संयुक्त आयोजनामा सुरु भएको तालिमको जिल्ला समन्वय […]
दादुरा–रुबेला खोप अभियानलाई बेनी नगरमा प्रभावकारी बनाइने

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो । बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष […]