बेनीमा मगर दिवसको रौनक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन १५ गते ।

म्याग्दीका मगर समुदायहरुले ४२ औं मगर दिवस मनाएका छन् । दिवसका अवसरमा मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा उनीहरुले सांस्कृतिक झाँकी प्रदर्शन गरेका हुन ।

जातिय पहिचान झल्कने भेषभूषा सहित सांस्कृतिक झाँकी प्रदर्शन सहित बजारमा ¥याली निकालेका थिए । मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीहरुले लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँदै मादले –मारुनी नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरेका छन् । सांस्कृतिक ¥यालीमा मगर समुदायका युवायुवती र पाका पुस्ताहरुको सहभागिता थियो ।

दिवसका अवसरमा भेषभुषासहितको झाँकी प्रदर्शनी तथा सोरठी, कौडा र सालैजो नाच प्रदर्शन गरिएको नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताउनुभयो । सांस्कृतिक झाँकीले मौलिक कला संस्कृतिको संरक्षण र युवा पुस्तामा संस्कृतिक हस्तान्तरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

मगर समुदायको संस्कृति झल्कने पहिरन सहित बेनीको विरेन्द्रचोकबाट निस्केको ¥याली बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

मगर दिवसको अवसरमा नेपाल मगर संघ म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर स्मृति अन्तरमावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको आयोजना गरेको मगर संघका जिल्ला सदस्य समिर रोकाले जानकारी दिनुभयो ।
फागुन १५ लाई मगर समुदायले स्थापना दिवसका रुपमा विभिन्न कार्यक्रमहरु गरेर भव्यरुपमा मनाउने प्रचलन छ ।