राष्ट्रिय समाचार
बेनीमा म्याग्दी विकास मञ्चको प्रथम अधिवेशन सुरु
विकल्प न्यूज/बेनी साउन १२ गते । “हामी बनाउँछौ समृद्ध म्याग्दी” भन्ने मुलका नाराका साथ म्याग्दी विकास मञ्चको प्रथम वार्षिक साधरणसभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । शनिवार सुरु भएको अधिवेशनको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सरकारी एवम् गैरसरकारी संघसंस्था सँग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिका लागि हातेमालो […]
जिल्ला प्रशासन कार्यालय म्याग्दीले २० दिनमै राहदानी वितरण
सन्तोष गौतम बेनी ११ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिस दिनमै राहदानी पाउने ब्यवस्था मिलाउने भएको छ । प्रशासनमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ लिलाधर अधिकारीले साधारण सिफारीस मार्फत हाल ४५ दिनमा राहदानी आउने गरेकोमा अब सो अबधिलाई छोट्याउन लागीएको जानकारी दिनुभयो । यसै महिनाभित्र प्रशासनबाट सिधै काठमाडौ बिभागमा राहदानीको फारम पठाउने र […]
अन्नपूर्ण गापा अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण भएका पुन […]
मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित
गोपाल छन्त्याल/बेनी साउन १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको साढे ४ करोड […]
मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई भत्ता !
विकल्प न्यूज/बेनी साउन १० गते । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर […]
जलजलाका बाढी, पहिरो पीडितलाई तारजाली र पाईप सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।जलजला गाउँपालिकाले धाईरीङ र लस्तीका पहिरो पीडितलाई तारजाली र पाईप सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा २५ एमएमको ८०० मिटर पाईप र १४८ थान तारजाली उपलब्ध गराइएको सल्लाहकार याम शर्माले जानकारी दिनुभयो । खानेपानी आपूर्ती र जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि सहयोग गरिएको हो । […]
जलजला गाउँपालिकाकाे कार्यालय पछाडिबाट अबैध रूपमा नदिकाे दाेहन
सन्तोष गौतम/ विकल्प बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर) प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको छ भने […]
पहिरोले विद्यालय भवन र सडक जोखिममा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनिक पूर्वाधारमा क्षति पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले खानेपानीको पाईपलाईनमा […]
धाइरिङको स्वास्थ्यचौकीलाई एकै परिवारबाट एकलाख पाँचहजार सहयोग
विकल्प न्यूज/जलजला साउन ९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ धाइरिङको स्वास्थ्य चौकीलाई स्थानीय एक समाजसेवीले एकलाख पाँचहजार रुपियाँ सहयोग गर्नुभएको छ । धाइरिङ सल्यानका तुलसीराम उपाध्यायले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि जग्गा खरिद गर्न उक्त रकम सहयोग गर्नुभएको हो । नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि गाउँलेहरुले २० लाख रुपियाँमा दुइरोपनी जग्गा […]
बेनीमा नौ किलोमिटर नयाँ सडक निर्माण
विकल्प न्यूज/बेनी साउन ९ गते । बेनी नगरपालिका क्षेत्रमा गत आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो । १८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ […]
बिरामीलाई आएको सहयोग जनप्रतिनिधिको खल्तीमा
विकल्प न्यूज/बेनी साउन ९ गते । एकबर्ष अघि सडक बोर्डले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ बजेट विनीयोजन ग¥यो । उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर कार्की भए । समितिले डोजर प्रयोग गरेर सडक मर्मत गर्दा, धुपीबोटमा एउटा दुर्घटना भयो । आफ्नै जग्गामा भइरहेको सडकको काम अवलोकन गर्ने क्रममा रुख ढल्दा स्थानीय ७० बर्षीय […]
म्याग्दी उद्योग वाणिज्य संघद्धारा ३० लाखको व्यवसायिक हितकोष स्थापना
विकल्प न्यूज /बेनी म्याग्दी ९ साउन । म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका व्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाँको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका महासचिव लिलाराम […]
व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो
विकल्प न्यूज/काठमाण्डौं साउन ८ गते । गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो । समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ । अघिल्लो […]
जलजलाका पहिरो पीडित ः न बास, न जमिनको आस
अगन्धर तिवारी /जलजला पर्वत,साउन ८ गते । पर्वतको जलजला ८ मा पहिरोले घर पुरिएपछि विद्यालय परिसरमा आश्रय लिएका स्थानीय बासिन्दा । तस्बिर : अगन्धर तिवारी जलजला ८ का बमबहादुर परियार सुकुम्बासी हुन् । मजदुरी गर्दै आएका परियार लस्तीबजारमाथिको बरेनेटामा बनाएको टहरोमा बस्दै आएका थिए । उनले दु:खजिलो गरी बनाएको घर गत मंगलबारको पहिरोमा बग्यो । उनले बुढेसकालको सहारा छोरालाई […]
बेनीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण
विकल्प न्यूज/बेनी साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालिएको हो । बेनीका आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारी र निजी […]