ताजा समाचार:
Search

म्याग्दी उद्दार समिति बहराइनद्धारा डेढलाख भन्दा वढी सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी
असोज २८ गते । DSC_0323 प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्दार समिति बहराइनले आइतवार डेढलाख रुपियाँ भन्दा वढी आर्थिक सहयोग प्रदान गरेको छ ।
रघुगंगा गाउँपालिका ४ दग्नाम घर भई बहराइन स्थित बुकामल कम्पनीमा कार्यरत अग्नी पीडित धनबहादुर तिलिजालाई बेनीमा आयोजित कार्यक्रमका विच समितिले एकलाख ६१ हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

बहराइनमा ग्यास लिकेज भएर आगोलागि हुँदा तिलिजाको सम्पूर्ण शरिर जलेर घाइते हुनुभएको थियो । बहराइनमा लामोसमयको उपचारपछि खतरामुक्त हुनुभएका तिलिजाले हाल पोखरामा उपचार गराइ रहनुभएको छ  ।

यसै गरी समितिले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि २२ हजार दुइसय २५ रुपियाँ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई हस्तन्तरण गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघद्धारा कालिपुलमा स्थापना गरिएको पर्यटन सूचना केन्द्र सञ्चालन गर्न सहयोग पुगोस भनेर उक्त रकम सहयोग गरिएको समितिका अध्यक्ष लोक राम्जालीले बताउनुभयो । DSC_0326कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । म्याग्दी भ्रमण वर्षलाई सफल पार्नका लागि प्रवासी म्याग्देलीहरुको सकरात्मक भूमिकाको अपेक्षा समेत उहँले गर्नुभयो ।

यसै विच लामो समय बहराइनमा रहेर विभिन्न सामाजिक कार्यमा संलग्न समितिका सहसचिव प्रविण छन्त्याललाई विदाई गरिएको छ । लामो समय बहराइनमा रोजगारी गर्नुभएका छन्त्याल त्यहाँको वसाईलाई छाडेर म्याग्दी फर्किनुभएको हो । DSC_0321संस्थाका अध्यक्ष राम्जालीको अध्यक्षता सचिव रामचन्द्र पौडेलको सञ्चालन र सल्लाहकार भरत रत्नको स्वागतमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्य,संस्थाका संरक्षक गोरख राम्जाली,वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा,पत्रकार गौतम र संस्थाका सहसचिव  छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समितिले स्थापना गरेको अध्यक्षकोषका संयोजक दिनेश वस्नेत,पत्रकार लगायतको उपस्थिति रहेको थियो । DSC_0325म्याग्दी उद्दार समिति बहराइनले म्याग्दीको सामाजिक क्षेत्र,शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो सहयोग गर्दे आएको छ । यसै विच संस्थाले बेनी अनलाइनका पत्रकार हरिकृष्ण गौतमलाई नगद ११ हजार एकसय १५ सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । समितिबाट पुरस्कार स्वरुप प्राप्त भएको रकम गरिब र विपन्नताका कारण दसै मनाउन समस्या भएकाहरुलाई सहयोग गर्ने पत्रकार गौतमले घोषणा गर्नुभएको छ ।