ताजा समाचार:
Search

शान्तिकोषलाई मोना फ्रान्सद्धारा ३ लाख सहयोग

विकल्प न्यूज/बेनी
असोज २९ गते ।44028279_279830812862706_7940630283823349760_n रोजगारीको शिलशिलामा फ्रान्समा रहेका म्याग्देलीहरुले गठन गरेको मोना फ्रान्सले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ३ लाख रुपियाँ सहयोग गरेका छन् । सहयोग जुटाउन युरोप भ्रमणमा निस्केको शान्तिकोषको टोलीलाई मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र अन्य पदाधिकारीहरुले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
कोषको विधान अनुसार मोना फ्रान्सलाई संस्थाको संरक्षक सदस्यता प्रदान गरिएको कोषका अध्यक्ष शाक्यले बताउनुभयो ।

गरिब र विपन्नलाई औषधि उपचारमा सहयोग पु¥याउनका लागि कोषले दुइकरोडको अक्ष्यकोष बनाउन लागेको छ । अक्ष्यकोषबाट आउने व्याजबाट म्याग्दीमा गरिबी र विपन्नताका कारण औषधि उपचारबाट बञ्चित हुननपरोस भनेर कोष स्थापना गर्न लागिएको सचिव लोकेश पुनमगरले बताउनुभयो । कोषले अहिले सम्म करिब एकसय जनालाई आर्थिक सहयोग गरिसकेको छ ।
कोषलाई रकम जुटाउन शान्तिकोषको टोली यतिखेर युरोप भ्रमणमा निस्केको हो । भ्रमणमा कोषका अध्यक्ष शाक्य,सचिव पुन र कोषाध्यक्ष खम बहादुर थापा हुनुहून्छ ।