विकल्प न्यूज/बेनी
असोज २८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले उत्तरी पर्वतको जलजला गाउँपालिकाका सवै वडामा वडास्तरीय पार्टी संयन्त्र गठन गरेको छ । पार्टी एकताको सन्देशलाई तल्लो तह सम्म पु¥याउनका लागि वडा स्तरमा संयन्त्र गठन गरिएको नेता लालबहादुर अधिकारीले बताउनुभयो ।
जिल्ला संयन्त्रका सदस्य पदमपाणी शर्मा र सुदिप कुँवरको उपस्थितिमा सम्पन्न पालिका स्तरीय संयन्त्रको वैठकले वडा स्तरमा पूर्व नेकपा एमाले र माओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी पार्टी संयन्त्र गठन गरेको हो ।
वडा नम्बर १ वासखर्कमा तुलसी रेग्मी,मनवहादुर पुर्जा,हिमाल खत्री र भुपेन्द्र पाईजा,२ माझफाँटमा बमवहादुर विक,चित्रवहादुर जिसी,शिवलाल नेपाली, तिलकुमारी अधिकारी, ३ मा कृष्णवहादुर खत्री,शान्ति जिसी,मेखवहादुर कार्की र मिनवहादुर खत्री,४ मा धनपति सुवेदी,सिता मल्ल,टेकवहादुर जिसी,भरत जिसी, ५ मा संगिता सुवेदी,शुक्रराज सुवेदी,तिलक जिसी,दण्डपाणी सुवेदी, ६ मा बुद्धी सुवेदी,अविर खोरजा,गौरीश्वर पौडेल,नारायण सापकोटा,७ मा टुङगनाथ आचार्य,हरिप्रसाद आचार्य,ओमवहादुर पुन,शुनिल आचार्य,८ मा गगनवहादुर महत,शोमवहादुर जिसी,अनिता रेग्मी,महेन्द्र रेग्मी, ९ मा गौवहादुर पुन,बुद्धि कँडेल,निर्मल पुन र मनोज पुन संयन्त्रमा चयन गरिएको गाउँपालिका संयन्त्रका सदस्य दिपक आचार्यले बताउनुभयो ।
२८ गते २९ गते सवै वडाहरुमा वैठक गर्ने निर्णय गरिएको पालिका संयन्त्रका नेता आचार्यले बतानुउभयो । वैठकले पार्टी कार्यालय पर्वत बेनीमा राख्ने निर्णय गरेको छ । कार्यालय सचिव नगेन्द्र थापालाई जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । वैठकले पार्टी सदस्यता नवविकरण कार्तिक २० गते सम्म तोकिएको नेता आचार्यले बताउनुभयो ।
लालबहादुर अधिकारीको अध्यक्षतामा भएको वैठकको सञ्चालन सदस्य आचार्यले गर्नुभएको थियो भने जिल्ला संयन्त्रका सदस्य सुदिप कुँवर र पदमपाणी शर्माले मन्तव्य राख्नुभएको थियो । जलजला गाउँपालिका स्तरीय संयन्त्रमा लालबहादुर अधिकारी,बावुराम कार्की,दिपक आचार्य,टुङगनाथ पौडेल,दुर्गा दर्जी र लोकनाथ रेग्मी यस अघि नै चयन भइसक्नुभएको छ ।