ताजा समाचार:
Search

राष्ट्रिय समाचार

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको […]

फेरी सुरु भयो रघुगंगा जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी असार ६ गते । फाइल तस्विर म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रघुगंगा जलविद्युत आयोजना ४ वर्ष पछि फेरी सुरु गरिएको छ । यसअघि छनौट भएका भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको […]

बेनपामा बेथिति मौलाउँदो ः जनप्रतिनिधि नै ठेकेदार

उपभोक्ता समिति कागजमै सिमित सन्तोष गौतम/विकल्प न्यूज असार ६ गते । बेनी नगरपालिकाले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेको कालीपुल स्थित कवर्डहल मर्मत योजनाको उपभोक्ता समितिका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिनेश केसी र सचिव सदस्य लेखनाथ शर्मा हुनुहुन्छ । “डमी” उपभोक्ता समिति बनाएर चलखेल – बजेट दुरुपयोगको जोखिम उपभोक्ता समितिमा ठेकेदारीप्रथा मौलाउँदो  – […]

११ महिना चुपचाप वसेका कर्मचारी असार लागेपछि सक्रिय

सन्तोष गौतम/विकल्प न्यूज मौवाफाँट ५ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ । विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक वर्षको […]

म्याग्दीमा भेटियाे अनौठाे भैंसी

सन्तोष गौतम बेनी १ असार । म्याग्दीका कृषकले पालेको एउटा भैसीले लगातार चार वर्षदेखि दूध दिईरहेको छ । बेनी नगरपालीका २ रोहोटेकापानीका कुलानन्द र गिताकुमारी रिजालले पाल्नुभएको भैसीले २०७१ देखि हालसम्म निरन्तर दूध दिईरहेको हो । वि.स २०७१ साउन २५ गते ब्याएको भैसीले त्यसपछि नब्याएको र बिहान, बेलुकी दूध दिईरहेको कृषक रिजालले बताउनुभयो । रिजालले […]

नेकपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया

विकल्प न्यूज/बेनी असार १ गते ।    पार्टी एकताको घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको आयोजनामा अगुवा कार्यकर्ता भेला एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘माक्र्सवाद लेनिनवादको प्रकाशमा पार्टी एकतालाई सुदृढ गरौं, लोककल्याणकारी स्थायी सरकारमार्फत समाजवादको यात्रामा अघि बढौं’ भन्ने मूल नारासहित सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता […]

जलजलाका कृषकलाई एक्काईस लाख अनुदान वितरण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ असार । पर्वतको जलजला गाउपालिकाले कृषकहरुलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गराउन यस वर्ष २१ लाख रुपैयाँ भन्दा बढी अनुदान वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले व्यवसायिक गाईभैसी, बाख्रा र कुखुरापालनमा कृषकहरुलाई आकर्षीत गरी मासु, दुध र अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो । विभिन्न […]

मल्लाजमा ज्येष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज मल्लाज ३१ जेठ ।  पर्वतको जलजला गाउँपालिका ३ का ८० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई बिहीबार सम्मान गरिएको छ । गाउँपालिका अन्तरगत ३ नम्बर वडा कार्यालयले ३६ जना ज्येष्ठ नागरिकहरुलाई नगद एक हजार रुपैयाँ सहित, झुल र दोसल्ला ओढाएर सम्मान गरेको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडाको प्रस्तावमा गाउँपालिकाले ७५ […]

दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]

मंगलाको कुहुँमा अधिकांश योजना अन्तिम चरणमा

विकल्प न्यूज/बेनी जेठ २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका १ कुहँुमा चालु आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिका मार्फत बिनियोजन भएका विकास योजनाको निर्माण तिव्र पारिएको छ । शिक्षा,सडक,खानेपानी, सिँचाई लगायतका भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा विनियोजन भएको एक करोड ३९ लाख पाँच हजार रुपियाँ बराबरका योजनाहरुमा धमाधम काम भइरहेको हो । गाउँपालिकाको अनुदानमा वडा कार्यालयले […]

बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]

गाउँ पञ्चायतका साइनबोर्डहरुमा कालो पोतेको त्यो रात !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज जेठ २९ गते । ”आगो निभेको छैन !” घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला । “पढ्नलायक संस्मरण रहेछ यो” […]

माझफाँटको स्वास्थ्य शिविरबाट तीनसय बढी लाभान्वित

प्रताप बानियाँ/विकल्प न्यूज जलजला, जेठ २९ ।  पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । ग्रामीण भेगका महिलाहरुलाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट तीनसय भन्दाबढी लाभान्वित भएका छन् । माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज […]

गुर्जाली आमाहरुको नमुना काम

विकल्प न्यूज/बेनी जेठ २५ गते । जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो । गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी […]