बेनी बाट राँखु जाँदै गरेको जिप दुर्घटना

विकल्प न्यूज/बेनी्
माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका २ राँखु भगवती जाँदै गरेको जिप गलेश्वर भन्दा माथि दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

ग १ ज ५८९९ नम्बर को जिप यात्रु लिएर बेनी बाट राँखुका जाँदै गर्दा गलेश्वर पारीको सडकमा दुर्घटना भएको हो । जिप सडक देखि एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटना भएलगत्तै गलेश्वर स्थित शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयवासीले यात्रुको उद्धार गरी उपचारका लागि बेनी अस्पतालमा ल्याइएको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तस्विर भरत रखालको फेसबुकबाट