दुर्घटना अपडेट ः गापा अध्यक्षको पहलमा घाइतेलाई हेलिकोप्टरबाट मनिपाल पठाइयो

विकल्प न्यूज/बेनी
माघ २७ गते । आइतवार दिउसो बेनी बाट रघुगंगा गाउँपालिका २ राँखु भगवति जाँदै गरेको ग १ ज ५८९९ नम्बरको यात्रुबहाक जिप दुर्घटनामा गम्भिर घाइते भएकी रघुगंगा गाउँपालिका ३ मालिकाकी ३७ वर्षीय सरस्वती परियारलाई गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको विशेष पहलमा हेलिकोप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा पु¥याइएको छ । गर्भवती समेत रहेकी परियारको अवस्था गम्भिर भएकाले हेलिकोप्टरको सहयोगले पोखरा पठाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । घाइतेको अवस्था गम्भिर देखियो त्यसैले तुरुन्त हेलीकोप्टर बोलाएर घाइतेलाई चिकित्सक सहित पोखरा पठाइयो उहाँले भन्नुभयो । घाइते परियारको पारिवारिक अवस्था कमजोर भएकाले कहि कतै खर्चको व्यवस्थापन नभए आफूले नै खर्चको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।