ताजा समाचार:
Search

राष्ट्रिय समाचार

समाचार प्रभाव ः जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा

गोपाल छन्त्याल/बेनीः साउन १५ गते ।   बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए । वडा सदस्य […]

गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन ।बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार तिन लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । तिस हजार भक्तजनले दर्शन गरेको र तिन लाख सात हजार ५८२ रुपैया भेटि संकलन भएको […]

म्याग्दी क्याम्पसमा कफी खेती

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले व्यवसायिक कफी खेती सुरु गरेको छ । निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफी खेतीको सुरुवात गरिएको हो । कफीका बिरुवा रोपण कार्यक्रमको सुरुवात […]

गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)

प्रमोद शर्मा/विकल्प न्यूज साउन १५ गते ।       द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर दर्शन गर्न आउने […]

बेनीका ज्येष्ठ नागरिक केसीद्धारा धाईरीङ स्वास्थ्य चौकीलाई एकलाख सहयोग

विकल्प न्यूज/जलजला साउन १४ गते । जलजला गाउँपालिका ७ धाईरीङ स्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि एक जेष्ठ नागरिकले सोमबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । धाईरीङ घर भई हाल म्याग्दीको बेनी नगरपालीका ७ शान्ति टोली निवासी ९० वर्षिय बोमबहादुर केसीले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । वयोवृद्ध […]

मोना हङकङद्धारा म्याग्दी भ्रमण वर्षलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि मोना हङकङले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । सोमवार म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना हङकङका सल्लाहकार वम वहादुर विश्वकर्माले उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । साथै सल्लाहकार विश्वकर्माले व्यक्तिगत […]

लायन्सको परोपकारी कार्य ः बेनी पिस सिटीद्धारा ज्येष्ठ नागरिकलाई भोजन

विकल्प न्यूज/बेनी साउन १४ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वसोवास गर्नुहुने ज्येष्ठ नागरिकहरुलाई निशुल्क भोजन गराएको छ । बेनी पिस सिटीमा आवद्ध लायन्स सदस्यहरु सोमबार आश्रममा पुगेर बृद्धबृद्धाहरुलाई भोजन गराएका हुन । २२ हजार रुपियाँ नगद अन्नक्षेत्रलाई उपलब्ध गराएर ५० जना ज्येष्ठ नागरिकहरुलाई खिर,अचार र दहीको भोजन […]

जलजलाको शालिजामा नेकपा निकट युवाहरुको संयुक्त भेला सम्पन्न

विकल्प न्यूज/बेनी साउृन १३ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका ६ शालिजामा नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट युवाहरुको भेला शनिबार सम्पन्न भएको छ । युवा संघ नेपाल र वाईसीएलमा आवद्ध युवाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सचिव सन्तोष रावलले युवाहरु अनुशासित र जिम्मेवार भएर नयाँ नेपाल निर्माण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो । […]

अन्डर ५ फूटबल प्रतियोगिता सम्पन्न

विकल्प न्यूज/बेनी साउन १३ गते ।  न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित अन्डर ५ फुटबल प्रतियोगिता सकिएको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा हरियो सदनलाई २ का बिरुद्ध ३ गोल गर्दै पहेलो सदन बिजेता बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पहेलो सदनले हरियो सदनलाई हराउदै जित हात पारेको हो । हरेक वर्ष बर्षे बिदा […]

म्याग्दी विकास मञ्चको अध्यक्षमा पुन निर्वाचित

सन्दीप शर्मा/विकल्प न्यूज साउन १३ गते । म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकास पुन निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम साधरणसभा तथा अधिवेशनबाट पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ,द्धितिय उपाध्यक्ष विजय श्रेष्ठ,महासचिव कुविर कुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल,सचिव लोकेश पुन मगर,सह कोषाध्यक्ष जिवनवहादुर विश्वकर्मा चयन हुनुभएको छ । […]

साहित्यकार सस्मितको कृति विलोकनको लोकार्पण

सन्दिप शर्मा/विकल्प न्यूज साउन १३ गते । म्याग्दीका युवा साहित्यकार शिव सस्मितको विलोकन मुक्तक संग्रहको शनिबार बेनीमा लोकार्पण गरीएको छ । यस भन्दा अगाडी तिनओटा कृतिहरु डाएरीमा टाउकेहरु हास्य ब्यङ्गय निबन्ध संग्रह २०६९, बहाब गजल संग्रह २०७२, धुमिल हाकाश शैक्षिक उपन्यास २०७२ प्रकासित गरेका सस्मितको विलोकन मुक्तक संग्रह चौथो कृतिका रुपमा रहेको छ । धौलागिरी […]

बेनीमा म्याग्दी विकास मञ्चको प्रथम अधिवेशन सुरु

विकल्प न्यूज/बेनी साउन १२ गते ।   “हामी बनाउँछौ समृद्ध म्याग्दी” भन्ने मुलका नाराका साथ म्याग्दी विकास मञ्चको प्रथम वार्षिक साधरणसभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । शनिवार सुरु भएको अधिवेशनको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सरकारी एवम् गैरसरकारी संघसंस्था सँग सहकार्य गरि म्याग्दीको विकास र समृद्धिका लागि हातेमालो […]

जिल्ला प्रशासन कार्यालय म्याग्दीले २० दिनमै राहदानी वितरण

सन्तोष गौतम बेनी ११ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिस दिनमै राहदानी पाउने ब्यवस्था मिलाउने भएको छ । प्रशासनमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ लिलाधर अधिकारीले साधारण सिफारीस मार्फत हाल ४५ दिनमा राहदानी आउने गरेकोमा अब सो अबधिलाई छोट्याउन लागीएको जानकारी दिनुभयो । यसै महिनाभित्र प्रशासनबाट सिधै काठमाडौ बिभागमा राहदानीको फारम पठाउने र […]

अन्नपूर्ण गापा अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण भएका पुन […]

मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

गोपाल छन्त्याल/बेनी साउन १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको साढे ४ करोड […]