राष्ट्रिय समाचार
दिवंगत चोखालका परिवारलाई ५३ हजार सहयोग
विकल्प न्यूज/बेनी माघ २२ गते । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले दिवंगत पुर्व कार्यालय सहयोगी हरिबहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले कमजोर आर्थिक अवस्था भएका चोखालको निधनपछि समस्यामा परेका परिवार तथा छोराछोरीको शिक्षामा सहयोग पुगोस भनेर ५३ हजार ७३७ रुपैयाँ सहयोग गरेका हुन् । […]
ओखरबोटका घरघरमा खानेपानीका धारा
विकल्प न्यूज/बेनी माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले आयोजनाको उद्घाटन गर्नुभयो […]
न्यु वेष्ट पोइन्टमा खेलाडी सम्मान
विकल्प न्यूज/बेनी माघ २२ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्शल आर्ट्स तर्फका ७० जना खेलाडीहरु, टिम म्यानेजर र खेल शिक्षकलाई सम्मान गरेको हो । माघ १८ देखि २० सम्म सदरमुकाम बेनी बजारमा सम्पन्न नगरपालिका स्तरीय […]
लिफ्ट खानेपानी आयोजनाको अनुगमन
विकल्प न्यूज/बेनी माघ २१ गते । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण गरेको हो । गाउँपालिकाका उपाध्यक्ष खरमाया […]
अपाङ्गता भएकालाई सहायता सामग्री वितरण
विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा भएको […]
चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो
सिजन रोका /विकल्प न्यूज बाबियाचौर २१ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार ४५२ रुपैयाँ बिनियोजन भएको […]
लिटिल गार्डेनका विद्यार्थीद्धारा सडक नाटक प्रर्दशन
विकल्प न्युज / बेनी माघ २१ गते । बेनीको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले सोमबार जातीय विभेद र छुवाछुत विरुद्ध सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । लिटिल गार्डेन एकेडेमिको कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिउँसो साढे १ बजेदेखि एक आधा घण्टा नाटक प्रर्दशन गरेका हुन् । नाटक मार्फत बालबालिकाहरुले […]
बेनीमा कांग्रेसको विरोध प्रदर्शन
साधन राम्जाली विकल्प न्युज /बेनी माघ २१ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको कार्यशैलिप्रति असन्तुष्ट जनाउँदै कांग्रेसले देशभर विभिन्न विरोध प्रदर्शन गरेको हो । यसैगरि म्याग्दीमा पनि सरकार विरुद्ध नेपाली कांग्रेस म्याग्दीले विरोध प्रदर्शन गरेको छ । केन्दीय सदस्य भिष्मराज आङ्गदाम्बेको प्रमुख आतिथ्यतामा ¥यालि सहित विविध कार्यक्रम गरि […]
महासंघले दियो जिसीको नेतृत्वलाई बैधानिकता
विकल्प न्यूज/बेनी माघ २१ गते । नेपाल निर्माण व्यवसायी महासंघले आइतवार निर्वाचित भएको नारायण जिसीको नेतृत्वको निर्माण व्यवसायी संघ म्याग्दीलाई मान्यता दिएको छ । महासंघका महासचिव रोशन दाहालले बधाई पत्र पठाएर जिसीको नेतृत्वलाई बैधानिकता दिएको हो । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले जिसीको अध्यक्षतामा १७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको […]
पर्वत बेनीमा एनआइसी एसिया बैङ्कको शाखा उद्घाटन
विकल्प न्युज /बेनी माघ २१ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ ।एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्तार गरेर कृषि, उद्यम र आर्थिक विकासमा सहयोग […]
छात्रा भलिबलमा माउण्टको जित
विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले जितेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो । छात्र तर्फ माउन्ट र न्यू […]
धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु
विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्यालयका बालबालिकाको स्वास्थ्य परिक्षण सुरु गरेको हो । सात वटै वडामा परिचालन भएका स्वास्थ्यकर्मीहरुले २८ […]
निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नेतृत्व चयन
विकल्प न्यूज/बेनी माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले वि.एन. कन्स्ट्रक्सन प्रा.लिका प्रोपाईटर नारायण जिसीलाई पुन तिन वर्षे कार्याकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचीत गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा विपिन खड्का निर्वाचीत हुनुभएको छ । यसै […]
घारका आगोलागी पीडितलाई कोरियाबाट ४५ हजार सहयोग
सुरेन गुरुङ/विकल्प न्यूज माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्र बहादुर खड्कालाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरिया शाखाले ४५ हजार रुपियाँ सहयोग गरेको हो । मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काको पहलमा उक्त रकम संकलन भएको थियो । उक्त सहयोग गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनले […]
फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल
विकल्प न्यूज/बेनी माघ १९ गते । निर्माण व्यवसायी संघ म्याग्दीको आगमी नेतृत्व चयनका लागि भोली आइतवार निर्बाचन हुने भएको छ । माघ ५ गते सुरु भएको संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको तालिका तय गरीएको थियो । नयाँ नेतृत्वका लागि अध्यक्षमा पदमा वर्तमान अध्यक्ष समेत रहुनभएका नारायण […]