विकल्प न्यूज/बेनी
चैत २० गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले स्थापना गर्न लागेको पत्रकार हितकोषका लागि जिल्ला सहकारी संघले १० हजार रुपियाँ सहयोग गरेको छ ।
६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा गरेको कार्यक्रममा उक्त सहयोग संघका अध्यक्ष दिपक कार्कीले महासंघका शाखा अध्यक्ष तारानाथ शर्मालाई हस्तान्तरण गर्नुभयो ।
साथै कार्यक्रमका अवसरमा संघका अध्यक्ष कार्कीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर पत्रकार महासंघलाई उक्त कोषमा थप दश हजार रुपियाँ उपलब्ध गराउनुभएको छ ।