विकल्प न्यूज/बेनी
चैत १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दिपक आचार्य (आकाश) सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मंगलबार जलजलाको पार्टी कार्यालय पर्वत बेनीमा बसेको वैठकले आचार्यको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गर्ने निर्णय गरेको हो ।
कमिटीको सचिवमा टुंगनाथ शर्मा पौडेल चयन हुनुभएको छ । जिल्ला संयन्त्रले यसअघि जलजलाको अध्यक्ष पूर्व माओवादी केन्द्र र सचिव पदमा पूर्व एमालेले लिने सहमति गरेको थियो ।
यसै गरी वैठकले गाउँपालिकाका २,३,४,५ र ६ वडामा पूर्व एमालेको नेतृत्व मा वडा कमिटी गठन हुने र १,७,८ र ९ मा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको पालिका कमिटी अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका सदस्य र वडा कमिटीका अध्यक्ष तथा सदस्यहरु अर्को वैठकले तय गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
वैठकमा पार्टी केन्द्रीय सदस्य गुप्त बहादुर हमाल, गण्डकी प्रदेश सदस्य मेघनाथ सुवेदी जिल्ला संयन्त्र सदस्य भक्त कुँवर, जिल्ला नेता उदय सुवेदी वैठकमा सहभागि हुनुहुन्थ्यो ।