राष्ट्रिय समाचार
म्याग्दीमा बन्दको प्रभाव
विकल्प न्यूज/बेनी फागुन ३० गते । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताउनुभयो । बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सदरमुकाम बेनी […]
गाउँपालिका केन्द्र दरबाङमा ढल निर्माण
साधन राम्जाली /विकल्प न्युज बेनी फागुन ३० गते ।जिल्लाको मालिका गाउँपालिका ६ केन्द्र दरबाङ बजारमा ढल निर्माण सुरु भएको छ । चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिकाको ९ लाख रुपैयाँ र स्थानिय बासीको एक लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा ढल निर्माण सुरु गरिएको हो । गाउँपालिकाको कार्यालय देखी नयाँ बजार सम्म १ सय […]
म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु
साधन राम्जाली /विकल्प न्युज बेनी फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पताल म्याग्दी ,नेपाल रेडक्रस सोसाइटी […]
पर्यटकीय बराही ताल जाने सडक निर्माण
साधन राम्जाली /विकल्प न्युज फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटमा रहेको पर्यटकीय स्थल बराही ताल जानको लागि सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित लाख रुपैयाँ र स्थानिय बासिको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष पुकार घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार देउगोरे ,झाम्ताबोट र […]
हिमपात पीडित कृषकहरुलाई राहतको माग
विकल्प न्यूज/बेनी बेनी २७ फागुन ।मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको क्षति भएको जानकारी गराउनुभयो […]
सरकार र सिके राउतबीचको वार्ता सकरात्मक : सभापति देउवा
बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष रहेको छ ।” सभापति देउवाले सरकार […]
शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा
साधन राम्जाली /विकल्प न्युज म्याग्दी फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । उहाँले संसदीय व्यवस्था,प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र शान्ती सुरक्षा कायम […]
कांग्रेस सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)
साधन राम्जाली/ विकल्प न्युज बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा सभापती देउवा र […]
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा म्याग्दीको तातोपानी कुण्डमा स्नान (फोटोफिचर)
प्रताप बानियाँ /विकल्प न्युज म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उहाँहरु […]
म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन , सभापती देउवा सहित शिर्ष नेता म्याग्दीमा फोटो सहित
विकल्प न्युज बेनी, फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका नेता ताथ कार्यकर्ताहरुको सहभागतिा रहेको छ । नेपाली […]
रघुगंगाको आवधिक योजना निर्माण सुरु
सन्तोष गौतम/ विकल्प मौवाफाँट २४ फागुन ।म्याग्दीको रघुगंगा गाउँपालिकाले त्रिवर्षीय आवधिक योजना निर्माण गर्न लागेको छ । गाउँपालिकाको वर्तमान वस्तुअवस्था, सम्भावना, आवश्यकता, चुनौति र स्रोत साधनको विश्लेषण गरेर आवधिक योजना बनाउन लागेको हो । आवधिक योजना तयार गर्ने जिम्मा लिएको इगल सोलुसन प्रा.लीले गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा […]
म्याग्दीमा विभिन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाईयाे
सन्तोष गौतम / विकल्प बेनी २४ फागुन ।‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर दिवस मनाएका हुन् । […]
शिखमा पदमार्ग सुरु
सेते तिलिजा पुन/विकल्प शिख २३ फागुन ।विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष रामेश पाइजाले जानकारी दिनुभयो । […]
शान्तिकाेषलाई सहयाेग
विकल्प न्युज । बेनी बेनी १९ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि दुई व्यक्तिले संरक्षक सदस्यता लिएर चार लाख रुपैयाँ सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान घर भई हङकङमा बस्दै आउनुभएका नदिसरा गर्बुजा र जलजला गाउँपालिका १ बाँसखर्क घर भइ हाल […]
शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सहयोग
प्रताप बानियाँ म्याग्दी, फागुन २२ । शैक्षिक गुणस्तर वृद्धिका साथै विद्यार्थी सङ्ख्या बढाउने उद्देश्यसहित विद्यालयलाई विभिन्न सामग्रीहरु सहयोग भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा रहेको डिम्ब आधारभूत विद्यालयलाई बुधबार शैक्षिक तथा खेलकुदजन्य गतिविधिका सामग्रीहरु सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी–दोभान र महिला उद्यम विकास समिति म्याग्दीले बाल शिक्षाका लागि १० ओटा कुसन […]