शिखमा पदमार्ग सुरु

सेते तिलिजा पुन/विकल्प
शिख २३ फागुन ।विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष रामेश पाइजाले जानकारी दिनुभयो ।

अध्यक्ष पाइजाका अनुसार हालसम्म पदमार्ग निर्माणको ६० प्रतिशत काम सकिएको छ । गाउँपालिकाको चार लाख ४५ हजार ४८२ रुपैयाँ अनुदान सहयोग र ४५ हजार ४८२ रुपैयाँ बराबरको श्रमदानमा पदमार्ग निर्माण हुन लागेको हो ।

पहिलो किस्ता वापत उपभोक्ता समितिलाई गाउँपालिकाले एक लाख ३२ हजार रुपैयाँ उपलब्ध गराएको छ । यो पदमार्ग निर्माण भएपछि भुरुङ्ग–तातोपानी– घोडेपानी पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीलाई आवत जावतमा सुबिधा पुग्ने जनाइएको छ ।