विकल्प न्यूज/बेनी
फागुन ३० गते । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ ।
सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताउनुभयो ।
बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । सदरमुकाम बेनी र ग्रामिण क्षेत्रका पसलहरु पनि आंशिक रुपमा खुलेका छन् ।
शैक्षिक संस्थाहरु बन्दको अन्यौलमा परेका छन् । जिल्लाका सामुदायिक विद्यालयमा वार्षिक परिक्षा सञ्चालन भइरहेको छ । निजी शैक्षिक संस्थाहरु बन्द छन् ।
‘कर नतिर्ने एनसेललाई कारबाही गर्दा हामीलाई सरकारले राजनीतिक गतिबिधी गर्न प्रतिबन्ध लगाउने अलोकतान्त्रिक र तानाशाही प्रवृतिको निर्णयको बिरोधमा बन्दमा उत्रिएका हौ’ फिल्टरले भन्नुभयो ।