सन्तोष गौतम / विकल्प
बेनी २४ फागुन ।‘लैङगिक समानताका लागि समान सोच र व्यवहार ः सम्बृद्धिको आधार’ भन्ने मूल नारा सहित शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
बेनी नगरपालिका लगायत स्थानीय तह र विभिन्न संघ संस्थाहरुले ¥याली, अन्तरक्रिया, सभा र समारोहको आयोजना गरेर दिवस मनाएका हुन् । मालिका गाउँपालिकाको ७ वटै वडामा महिला हक अधिकार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।दरवाङमा वडा अध्यक्ष सन्तनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बालबिवाह, घरेलु हिंसा बिरुद्ध स्थानीय महिलाहरुले सडक नाटक प्रस्तुत गरेका थिए । उपाध्यक्ष बिटालुको प्रमुख आतिथ्यता, सुआहारा कार्यक्रमकी फिल्ड सुपरभाइजर सुमित्रा पौडेलको सञ्चालन र कार्यपालिका सदस्य गौमती चपाइको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।विभिन्न सन्देशमुलक प्ले कार्ड र ब्यानर सहित दरवाङ बजार परिक्रमा गरेपछि आयोजित कार्यक्रममा न्यु दरवाङ महिला सहकारीका अध्यक्ष सुनमाया गुरुङ, लक्ष्मी सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
धवलागिरी गाउँपालिका ६ मराङमा वडा अध्यक्ष राजाराज सुवेदीको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य तिलकुमारी केसीको अध्यक्षता, जनविकास माविकी शिक्षिका पार्वती सुवेदीको सञ्चालन र अस्मिता पौडेलको स्वागत मन्तब्यमा महिला दिवस मनाइएको छ ।यसैगरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा भु–तातोपानी र घारका एक÷एक जना जेष्ठ महिला र एक÷एक जना जेष्ठ एकल पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । भूरुंगकी लालकुमारी कार्की, घारकी पद्मा गिरि, भुरुंगका एकल पुरुष हर्कबहादुर गर्बुजा र घारका तोमबहादुर बरुवाललाई कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सम्मान गर्नुभएको थियो ।
कालीगण्डकी आमा समूहकी अध्यक्ष भुवनदेवी खत्रीको अध्यक्षता, कार्यपालिका सदस्य बिष्णु परियारको स्वागत, स्वमसेविका सुनिता बरवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सल्लाहकार खड्ग गिरिले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
भूरुंग तातोपानीका महिला समूहले महिला अधिकार सम्बन्धी गित र नृत्य प्रस्तुत गरेका थिए । अन्नपूर्ण गाउँपालिकाको हिस्तानको औलामा ¥याली आयोजना गरिएको कविता पुनले जानकारी दिनुभयो । यसैगरी राम्चेमा पनि महिला दिवस मनाइएको छ ।
मंगला गाउँपालिकाको आयोजनामा बायिबाचौरमा उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता, अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता, वडा सचिव शकुन्तला अधिकारीको स्वागत र सहायक महिला विकास निरिक्षक डमसरा पुनको सञ्चालनमा महिला दिवस मनाइएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र अधिवक्ता ममतादेवी शर्माले महिला अधिकार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने जनआदर्श महिला बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष यशोदा रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।