विकल्प न्युज । बेनी
बेनी १९ फागुन ।
विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि दुई व्यक्तिले संरक्षक सदस्यता लिएर चार लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको हिस्तान घर भई हङकङमा बस्दै आउनुभएका नदिसरा गर्बुजा र जलजला गाउँपालिका १ बाँसखर्क घर भइ हाल हङकङमा रहनुभएका कृष्णबहादुर पुर्जाले दुई÷दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको पहलमा उहाँहरुले कोषको बिधान अनुसार दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेर संरक्षक सदस्यता लिनुभएको जनाइएको छ । कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको उपस्थितीमा गत हप्ता हङकङमा भएको कार्यक्रममा ४० लाख रुपैयाँ सहयोग घोषणा भएको थियो ।
मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुलाई सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग संकलन अभियान सञ्चालन गरिदै आएको छ । कोषको ब्याजबाट बिरामीको उपचारमा सहयोग गर्ने संस्थाको योजना छ ।
कोषले हालसम्म १०१ जना जटिल रोगबाट थलिएका बिरामीहरुको उपचारमा सहयोग जुटाएको छ ।