Breaking News
निर्वाचन लक्षित कार्यक्रम बनाउँदै म्याग्दीका दलहरु
ठाकुरप्रसाद आचार्य /म्याग्दी माघ २६ गते । सरकारले आगमी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटन थालेका छन् । निर्वाचन हुने नहुने आशंका विच नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको वैठकले निर्वाचनको मिति घोषणा गरेपछि दलहरु आन्तरिक योजना बनाउन जुटेका हुन । दलहरुले आगमी निर्वाचन लक्षित कार्यक्रमहरु बनाउन […]
स्थानीय चुनावको कार्ययोजना बनाउँदै निर्वाचन आयोग
विकल्प न्यूज/काठमाण्डौं माघ २६ गते । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ […]
लामाखेत सुकुम्बासीका पीडा ः ‘चालिस वर्षमा पनि पाएनन् लालपुर्जा’
ठाकुरप्रसाद आचार्य /जलजला माघ २४ गते । यहाँको एक वस्तीमा वस्ने सुकुम्बासीहरुले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका ४ लामाखेत स्थित सुकुम्बासीहरु बसोबास गरेको चालिस वर्ष हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । यो वस्तीमा बसोबास गर्ने सवैजना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका […]
म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू
विकल्प न्युज/बेनी माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम सुरू भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको […]
मंगला गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न
विकल्प न्यूज/बेनी माघ २१ गते । जिल्लाको मंगला गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले १६ वटा योजनाका लागि थप ३८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सभाले पालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका योजना तथा कार्यक्रमको समिक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका […]
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडियो सहित)
विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दविएपछि विहिवार जिल्ला […]
बेनीको पुल छेवैमा अतिक्रमित सार्वजनिक जग्गाको छानविन गर्दै अख्तियार
विकल्प न्यूज/बेनी माघ १८ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बेनी नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको उजुरीका आधारमा छानविन थालेको छ । बेनी नगरपालिका २ स्थित बेनी – बागलुङ जाने पक्की पुल छेवैमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाएको उजुरीका आधार अख्तियारले अनुशन्धान तथा छानविन थालेको हो । पुल नजिक […]
सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ १७ गते । यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले […]
अन्नपुर्ण गापाको गाउँसभा सम्पन्न ः दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन
विकल्प न्यूज/बेनी म्याग्दी ,१७ माघ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको १४ औं गाउँसभासम्पन्न भएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आथिक बर्ष २०७७/७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा […]
एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति
काठमाडौं । माघ १६ गते । सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको हो । प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसीसी पारित गराउने […]
म्याग्दीमा ६ जना नयाँ कुष्ठरोगी भेटिए
विकल्प न्यूज/बेनी माघ १६ गते । म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसबर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतबर्षका नियमित औषधी सेवन गर्ने ३ र यसबर्ष नयाँ ६ […]
आगलागी पीडितलाई गंगा जिसी फाउन्डेसनद्वारा राहत प्रदान
विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ भएको आगलागीबाट पीडित रामचन्द्र खत्री र सुस्मा खत्रीको परिवारलाई म्याग्दीको परोपकारी संस्था गंगा जिसी फाउन्डेसनले पहिलो चरणको राहत सामग्री उपलब्ध गराएको छ । आइतबार फाउन्डेसनका अध्यक्ष नारायण जिसीले सिरक, डसना, चामल, दाल, नुन तेल, ग्यास चुल्हो, पकाउने भाडाकुडा तथा दुइ बच्चाका लागि आवश्यक बिद्यालय […]
बेनी ६ ज्यामुनाखर्कमा एक घर जलेर नष्ट
विकल्प न्यूज/बेनी माघ १६ गते । बेनी नगरपालिका ६,ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ । अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो। आगलागीबाट घरभित्र रहेको ३ तोला, सुन गरगहना, ३५ हजार नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षती भएको […]
कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक
विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]
बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत
काठमाडौं माघ १४, २०७८ , नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग […]