Breaking News

घरदैलोमा उम्मेदवार पुगेपछि मतदाता उत्साहित

विकल्प न्यूज/बेनी बैशाख २१ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घरघरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घरघरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ । मतदाताका घरघरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु […]

जलजला रिङरोडको परिकल्पना सहित नेकपा एमालेले ल्यायो चुनावी प्रतिवद्धता–पत्र

विकल्प न्यूज/जलजला बैशाख १७ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले चुनावी प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । जलजलाको विकास र समृद्धिका लागि एमालेले हाल देखिएका समस्या,समाधानको नीति,कार्यन्वनयको योजना सहितको प्रतिवद्धता पत्र प्रकाशित गरेको छ । पढ्न यहाँ क्लिक गर्नुहोस् नेकपा एमाले जलजलाको चुनावी प्रतिवद्धता  

बेनीमा सञ्चालित मुटुरोग शिविरबाट १५ सयबढी बिरामीहरु लाभान्वित

विकल्प न्यूज/बेनी बैशाख १७ गते । बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सयजना भन्दाबढी बिरामीहरु लाभान्वित भएका छन् । हिँजो शुक्रबार र आज शनिबार गरी दुई दिनको शिविरमा १५ सय ५ जनाले मुटुको परीक्षण गर्नुका साथै औषधी उपचारको सेवा लिएका हुन् । सेभ द हार्ट काठमाडौंको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी […]

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झक छन्त्याल वडाध्यक्षमा निर्विरोध

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माअाेवादी केन्द्रका  झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धवलागिरिमा माओवादी […]

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको तालमेल

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित गठबन्धनमा सहमती नभएपनि अन्तीम चरणमा […]

हराएको राजनीतिक इमान ः चुनाव चिन्ह् बदलेर निर्वाचनमा

विकल्प न्यूज/बेनी बैशाख १४ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार जिल्लाका क्रियाशिल राजनीतिक दल र केही स्वतन्त्रले विभिन्न पदहरुमा मनोनयन दर्ता गरे । जिल्ला व्यापीरुपमा चुनावी तालमेल गर्ने भनेपनि सिट भागबन्डा निमिलेपछि काँग्रेस र माओवादीले बेनीको केही वडामा मात्र गठबन्धन गरेका छन् । गठबन्धन गरेका उनीहरुले चुनावी चिन्ह् […]

चारैजना अब्ल महिला नेतृ ः कसले जित्ला चुनाव ?

विकल्प न्यूज/बेनी बैशाख १४ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको उपमेयरमा एउटै वडाका ४ जना महिलाहरुले उम्मेदवारी दिनुभएको छ । उपमेयरमा मनोनयनदर्ता गराउनु भएकी पशुपतिशाही, अमृतदेवी बानियाँ, ज्योति लामिछाने, र मुना बानियाँ एउटै वडाको हुनुहुन्छ । फरक फरक राजनीतिक दलका तर्फबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएका उहाँहरु बेनी नगरपालिका ६ निवासी […]

जलजलामा नेकपा एमालेका उम्मेदवारहरु (सुचिसहित)

विकल्प न्यूज/बेनी बैशाख १३ गते । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जलजलामा सोमबार दर्ता गरेको उम्मेदवारहरुको सूचि गाउँपालिका अध्यक्ष ः लालबहादुर अधिकारी उपाध्यक्ष ः सुनिता जिसी वडा न.१ को वडा अध्यक्ष , महिला सदस्य , दलित महिला सदस्य र खुल्ला सदस्य १ ) जक बहादुर रोका २)बिमला बरुवाल ३)सुशीला परियार […]

स्थानीय निर्वाचन : ३५,२२१ पदका लागि ८२,२१० जनाको उमेदवारी दर्ता

काठमाडौं ।  स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ साढे ८ बजेसम्म ८२ हजार २१० जनाको उमेदवारी दर्ता भएको छ । निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म  प्रमुख पदमा २३४३ जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २४४७ जनाको उमेदवारी परेको छ ।  त्यसैगरी उपप्रमुख पदमा १४४५ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १७२३ जनाको मनोनयन दर्ता भएको छ […]

एमालेका उम्मेदवारहरुबाट बेनी नगरपालिकामा मनोनयन दर्ता

 विकल्प न्यूज/बेनी बैशाख १२ गते ।  आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेनी नगरपालिकामा मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले मनोनयन दर्ता गर्नुभएको छ । सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा गई उम्मेदवार केसी र शाहीले मनोनयन दर्ता गर्नुभएको हो । त्यस्तै वडा अध्यक्षका उम्मेदवारहरु क्रमशः बेनी नगरपालिका […]

जलजलामा नेपाली काँग्रेस र माओवादीले गरे संयुक्त रुपमा उम्मेदवारी दर्ता (फोटोफिचर)

विकल्प न्यूज\जलजला वैशाख १२ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जलजला गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । चुनावी तालमेल अनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका दिपक आचार्यले सोमबार संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता साझेदार दलहरुको जिल्ला […]

जलजलामा नेकपा एमालेले ग¥यो उम्मेदवारी दर्ता (फोटोफिचर)

विकल्प न्यूज\जलजला बैशाख १२ गते । नेकपा एमालेले आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दोस्रो दिन पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष,र वडा अध्यक्ष लगायत सदस्यहरुको उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीले मनोनयन दर्ता गर्नुभएको छ । जलजला ४ स्थित महोनचोकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा […]

बेनीको मेयरमा एमालेबाट सुरत केसी उम्मेदवार

विकल्प न्यूज\बेनी बैशाख १२ गते । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी  उम्मेदवार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेदवार चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि […]

नेकपा एमालेबाट जलजलाको अध्यक्षमा लालबहादुर र उपाध्यक्षमा जिसी उम्मेदवार

विकल्प न्यूज\बेनी वैशाख १२ गते । नेकपा एमालेले पर्वतको जलजला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । गण्डकी प्रदेश कमिटीले सोमबार विहान अध्यक्ष पदमा लालबहादुर अधिकारी र उपाध्यक्षमा सुनिता जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जलजला २ मल्लाज निवासी अध्यक्षको उम्मेदवार अधिकारी पालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । भने उपाध्यक्षको उम्मेदवार जिसी […]

एमालेबाट धवलागिरीको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीले पाए उम्मेदवारको टिकट

 विकल्प न्यूज\बेनी वैशाख १२ गते ।  नेकपा एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीले उम्मेदवारको टिकट पाउनुभएको छ । गण्डकी प्रदेश कमिटीले सोमवार बिहान धवलागिरीको उम्मेदवारको टुङ्गो लगाएको हो । अध्यक्षको उम्मेदवार पुन धौलागिरी गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव समेत रहनुभएका पुन अखिल नेपाल महिला संघ म्याग्दीका […]