काठमाडौं । स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ साढे ८ बजेसम्म ८२ हजार २१० जनाको उमेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म प्रमुख पदमा २३४३ जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २४४७ जनाको उमेदवारी परेको छ । त्यसैगरी उपप्रमुख पदमा १४४५ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १७२३ जनाको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी वडाध्यक्ष पदका लागि २० हजार १७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो । स्थानीय तहमा जम्मा ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।