हराएको राजनीतिक इमान ः चुनाव चिन्ह् बदलेर निर्वाचनमा

विकल्प न्यूज/बेनी
बैशाख १४ गते ।


बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार जिल्लाका क्रियाशिल राजनीतिक दल र केही स्वतन्त्रले विभिन्न पदहरुमा मनोनयन दर्ता गरे ।

जिल्ला व्यापीरुपमा चुनावी तालमेल गर्ने भनेपनि सिट भागबन्डा निमिलेपछि काँग्रेस र माओवादीले बेनीको केही वडामा मात्र गठबन्धन गरेका छन् । गठबन्धन गरेका उनीहरुले चुनावी चिन्ह् समेत एउटै लिएका छन् । माओवादीको भागमा परेको वडाध्यक्षमा काँग्रेसका सदस्यहरुले हसिया हथौडा र

काँग्रेसको भागमा परेको वडाध्यक्षमा माओवादीले रुख चिन्ह् लिएका छन् ।बेनी नगरपालिकामा आमा छोराले भिन्दाभिन्दै चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गरेका छन् । बेनी नगरपालिकाको उपमेयरमा कांग्रेसको रुख चुनाव चिह्नबाट उम्मेदवार बनेकी अमृतदेवी बानियाँका छोरा रोमन्त बानियाँ भने सोही पालिका, ६ नम्बर वडा सदस्यमा माओवादी केन्द्रको चुनाव चिह्नबाट सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

नगरप्रमुख, उपप्रमुख समेत वडाध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएका कांग्रेस र माओवादी केन्द्रले ५,६ र ८ नम्बर वडामा भने एउटै चुनाव चिह्नबाट उम्मेदवारी दिनेगरी गठबन्धन गरेका छन् । बेनी नगरपालिका, ५ मा माओवादीका उम्मेदवार रुख चिन्हबाट र ६ मा काँग्रेसका उम्मेदवार गोलाकार हसियाहथौडा चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् ।

यस्तै वडा नम्बर ८ मा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार हिमबहादुर भण्डारी हुनुुहुन्छ भने माओवादीका तर्फबाट सदस्य बनेकाहरुले रुख चिन्ह् नै रोजेका छन् । त्यसैगरी वडा नम्बर ७ मा पनि माओवादी र काँग्रेसबीच चुनावी तालमेल भएको छ । माओवादीले ७ नम्बरमा वडाध्यक्षको उम्मेदवार उठाएको छैन ।