Breaking News
फोहोर व्यवस्थापनमा ध्यान दिन बाबियाचौरवासीको माग

विकल्प न्यूज/बेनी असार २८ गते । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९\०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ। बिहिबार बावियाचौरस्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्थित नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि र पशुपालन क्षेत्रमा […]
म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

विकल्प न्यूज/बेनी असार २८ गते । म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चिताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको हो । १५ महिनासम्म र १६ महिनादेखि पाँच […]
फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका दलवीर पुन

विकल्प न्यूज/बेनी असार २८ गते । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताउँछन् । […]
पहिरोले बगायो लुलाङ स्थित दरखोला दोस्रो लघु जलविद्युतको विद्युत गृह

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले बगाएको छ । बुधवार राती परेको वर्षाका कारण पहिरो जाँदा ४२ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरु पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत आपूर्ती पूर्णरुपमा बन्द भएको छ । मरेनी स्थित विद्युत […]
बरंजामा महिलाको नेतृत्वमा सिँचाई योजना निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार २५ गते । म्याग्दीको मंगला गाउँपालिकाको ३ नम्बर वडा वरंजामा महिलाले नेतृत्व गरेको सिँचाई योजना दुई महिनामै सम्पन्न भएको छ । झ्याप्प्रे खोला तत्लो भेटीने सिँचाई योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो । चालु आर्थिक वर्षमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय म्याग्दी मार्फत विनियोजन भएको […]
घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा

विकल्प न्यूज/बेनी असार २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो । गत पाँच वर्षदेखि […]
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

बेनी, असार २२ गते । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि […]
एसइईमा प्रकाश माविका समिर सुवेदीको ४ जिपिएसहित सर्वोकृष्ट नतिजा

विकल्प न्युज/बेनी असार २१ गते । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए ल्याउनु भएको छ । उहाँले ल्याएको नतिजा नेपालभरको उतकृष्ट नतिजा रहेको विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर […]
बेनी नगरमा लक्ष्य भन्दा धेरै आन्तरिक राजश्व संकलन

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दीको बेनी नगरपालिका चालु आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा नगरले चार करोड २३ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्ने अनुमान गरेकोमा असार १९ गते सम्म चार करोड ५० लाख १८ हजार सातसय ६९ रुपियाँ संकलन भएको राजश्व शाखाले […]
बेनीमा सञ्चालित शिव शिखर सहकारी बन्द हुँदा बचतकर्ता मारमा

विकल्प न्यूज\बेनी असार १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था विगत पाँच महिना देखि बन्द छ । बेनीको न्यूरोड स्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चारमहिना यता सम्पर्क विहिन भएका छन् । बचतकर्ताहरु भने पैसा ढुब्ने चिन्तामा छन् । सुरुमा आर्थिक संकटमा रहेको सूचना […]
बेनी नगरमा ‘‘एक वडा एक पर्यटन परियोजना’’

विकल्प न्यूज/बेनी असार १७ गते । म्याग्दीको बेनी नगरपालिकाले समृद्ध पर्यटकीय बेनी नगर भन्ने अवधारणासँगै नगर क्षेत्रभित्र पर्यटकीय संभावना वोकेका स्थानहरुको पहिचान एवम् प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । पर्यटन गुरुयोजनाका लागि आगमी आर्थिक वर्षमा बजेट विनियोजन समेत गरेको छ । नगरपालिकाले गत आइतवार आगमी आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको […]
गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न बेनी नगरले पहल गर्ने

विकल्प न्यूज/बेनी असार १५ गते । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । बेनी नगरपालिका ९ स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो । गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक […]
जलजलामा ४७ करोड १० लाखको बजेट पारित

विकल्प न्यूज/जलजला असार १५ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको […]
सहमति जुटेपछि जलजलाको १४ औं गाउँसभा पुनः सुरु

विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको १४ औं गाउँसभा पुन सुरु भएको छ । यसअघि आह्वान गरिएको पहिलो र दोस्रो गाउँसभाको वैठकमा गणपुरक संख्या नपुगेको भन्दै तेस्रो पटक आज विहिवार सभा बसेको थियो । गाउँसभाका बहुमत सदस्यहरुले विरोध गरेपछि स्थगित भएको गाउँसभा दिनभर हुनसकेन । गाउँसभा स्थगित भएपछि पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष […]
जलजलाको गाउँसभास्थल किन भयो तनावग्रस्त ?

विकल्प न्यूज/जलजला असार १४ गते । पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । यस अघि बोलाइएका पहिलो र दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि आज विहिवार तेस्रो वैठकको आह्वान गरिएको थियो । पालिका […]