विकल्प न्यूज/जलजला
असार १४ गते ।
पर्वतको जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । यस अघि बोलाइएका पहिलो र दोस्रो वैठकमा गणपुरक संख्या नपुगेपछि आज विहिवार तेस्रो वैठकको आह्वान गरिएको थियो ।
पालिका अध्यक्षले नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल र पारित नगरी गाउँसभामा प्रस्तुत गर्न लागेको भन्दै एमालेबाट निर्वाचित गाउँसभाका वहुमत सदस्यहरुले वैठक अवरुद्ध पारेका हुन ।
गाउँसभामा अध्यक्ष आचार्यले विरोधका बिच नीति तथा कार्यक्रम पेश गर्न खोजेपछि नेकपा एमालेबाट निर्वाचित बहुमत गाउँसभा सदस्यले सभामा उभिएर विरोध जनाएका थिए । उनीहरुले कार्यपालिकाबाट पारित गरेर मात्र नीति तथा कार्यक्रम र बजेट गाउँसभामा ल्याउनुपर्ने माग गरे । सभामा उठेर विरोध गरिरहँदा सभाका अध्यक्ष आचार्यले नीति तथा कार्यक्रम बाचन गर्न थालेपछि नाराबाजी गर्दै झडपको स्थिति सिर्जना हुनपुगेको थियो ।
आजको वैठक स्थगित गरेर कार्यपालिकामा छलफल गरेर मात्र गाउँसभामा पेस गर्नुपर्ने मागलाई सभाको अध्यक्षले वेवास्ता गरेर जवरजस्ती रुपमा अगाडी बढ्न खोजेपछि केही बेर सभा तनावग्रस्त बनेको थियो ।
सभामा प्रहरी परिचालन गरिएको थियो । गाउँसभामा प्रहरी परिचालन गरिएको वारेमा पनि एमालेबाट निर्वाचित सदस्यहरुले आपत्ती जनाएका छन् । नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट पारित नगरी विधि र प्रक्रिया मिचेर गाउँसभामा पेस गर्न लागेपछि आफूहरु विरोधमा उत्रिएको वडा नम्बर ५ का वडाध्यक्ष तिलक जिसीले बताउनुभयो ।
ADV
गाउँसभाको वैठक सुरु हुनेवित्तिकै जिसीले उठेर सभाका वारेमा असहमति राख्नुभएको थियो । जिसीले सभामा उठेर भन्नुभयो, ‘‘आजको वैठक स्थगित गरियोस् । नीति तथा कार्यक्रम र बजेट कार्यपालिकाबाट पारित गरेर मात्र सभामा प्रस्तुत होस् । जवरजस्ती गरेर आज सभामा पेस भए यसबाट उत्पन्न अवस्थाको जिम्मेवार सभाध्यक्ष हजुर आफै हुनुहोस् ।’’
सभाका सदस्यहरुलाई उपस्थितिमा हाजिर समेत नगराई कसरी गाउँसभा हुन्छ ? उहाँले प्रश्न गर्नुभयो । आज विहान एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर अध्यक्ष आचार्यले एकलौटी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजेको आरोप लगाउँदै गाउँसभालाई यथास्थितिमा अघि बढ्न नदिने जानकारी गराएका थिए ।
उनीहरुले गत बर्षको गाउँसभा यता भएका खर्चको सार्वजनिकरण, प्रगति विवरणको समिक्षा नगरिकन एकलौटी ढंगले गाउँपालिकाको नेतृत्व अघि बढेको भन्दै विरोध जनाएका छन् ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो ।
उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर गाउँपालिकाले बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो । आजको बैठकमा अध्यक्षले सुरुमा बैठक सुरु गर्नेबित्तिकै एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले उठेर सहमतिपछि मात्रै बिधि र प्रक्रिया पु¥याएर बैठक सुरु गर्न आब्हान गरेका थिए । उनीहरुले जबरजस्ती बैठक सञ्चालन भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी दिएका थिए ।
अध्यक्ष आचार्यले पनि आफुले बिधि र प्रक्रिया पु¥याएर बैठक बसालेकोले सभा नरोक्ने भन्दै नीति तथा कार्यक्रम नरोक्ने बताएर प्रस्तुत गर्न सुरु गर्नुभएको थियो । त्यसलगत्तै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले कुर्ची उठाएर माइक नियन्त्रण गर्ने प्रयास गर्न पुगेका हुन ।
सुरक्षाकर्मीले बिचमा रोक्ने प्रयास गरेपनि दुई पक्षबिच गाउँसभास्थल तनावग्रस्त बनेको थियो । गाउँसभामै बाख्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभाभित्रै सुरक्षाकर्मीको उपस्थित गराउनुले पनि गाउँसभालाई शान्त र संयमित बनाउनभन्दा उत्तेजित बनाउन गाउँपालिकाको नेतृत्व लागेको आरोप लगाएका छन् । अहिले सभास्थलमा दुईपक्षीय बार्ता र छलफल जारी रहेको छ ।
सहमति र सहकार्यको विकल्प नभएको र मिलेर अगाडी बढ्नुपर्ने नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा नम्बर ९ का वडाध्यक्ष गौबहादुर पुनले बताउनुभयो ।