पहिरोले बगायो लुलाङ स्थित दरखोला दोस्रो लघु जलविद्युतको विद्युत गृह

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असार २८ गते ।

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले बगाएको छ । बुधवार राती परेको वर्षाका कारण पहिरो जाँदा ४२ किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको विद्युत गृहको भवन र उपकरणहरु पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत आपूर्ती पूर्णरुपमा बन्द भएको छ ।

मरेनी स्थित विद्युत गृह भन्दा माथिको पाखोबाट विहिवार विहान १० बजेको समयमा खसेको पहिरोले विद्युत गृहको भवन र विद्युतका उपकरणहरु पहिरो सँगै दरखोलामा मिसिएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो ।
वडाअध्यक्ष विकले भन्नुभयो, ‘‘विद्युत गृहको भवन र उपकरण सवै पहिरोले दरखोलामा मिसाएको छ । एकवर्ष अघि मर्मत सम्भार गरेर गाउँमा विजुली बालेका थियौं । फेरी पहिरोले परियोजनामा ठ्रूला क्षति पु¥यायो । गाउँमा विजुली आपूर्ती बन्द हुँदा जनजिवन प्रभावित भएको छ ।’’
दुईवर्ष अघि पनि परियोजनाको नहर, बाँध र विद्युतगृह बाढीले बगाएको थियो । एकवर्ष अघि मर्मत सम्भार गरेर गाउँमा विजुली बालेका थियौं वडासदस्य फुलमाया बुढाथोकीले भन्नुभयो, ‘‘अहिले फेरी पहिरोले विद्युतगृह बगाएपछि गाउँमा विजुली आपूर्ती बन्द हुनपुगेको छ ।’’
परियोजना पुननिर्मााण गर्न तत्कालिन समयमा गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख गरी २२ लाख रुपियाँमा परियोजना पुननिर्माण गरिएको थियो ।

२०७६ मा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एककरोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

परियोजनाको विद्युत गृहमा क्षति पुगेपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तिनसय ७० घरधुरीमा विद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित हुने वडा अध्यक्ष विकले बताउनुभयो । केन्द्रिय विद्युत लाइन नपुगेको लुलाङमा लघुजलविद्युत परियोजनाबाट उत्पादित विजुली उपभोग गर्दै आएका छन् । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।