Breaking News
बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य माघ ९ गते । बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो । भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी […]
सुन्दर छ चिमखोलाको सोवाङ धुरी

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान […]
भाषणमै सिमित बन्यो बेनीको देवशिला पार्क

विकल्प न्यूज/बेनी माघ ८ गते । भारतको अयोध्या पु¥याइएको देवशिलाको उत्खनन स्थलमा बनाइने भनिएको देवशिला पार्कको योजना एकवर्ष वितिसक्दा पनि अघि बढ्न सकेको छैन । आज अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यहाँबाट लगिएको शिलाालई पूजा र दर्शनका लागि राखिएको छ । एकवर्ष अघि देवशिला अयोध्या पठाउने क्रममा बेनी नगरपालिकाका जनप्रतिनिधहरुले उक्त स्थलमा देवशिला […]
गलेश्वर स्थित देवशिलाको उद्गमस्थलमा पूजापाठ र दीप प्रज्वलन (फोटोसहित)

ठाकुरप्रसाद आचार्य /बेनी माघ ८ गते । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधाम स्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ । गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मुर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामाकरण गरिएको […]
जलविद्युत आयोजनाले गाउँको स्वरूप बिग्रने खतरा

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलावासीहरुले गाउँको स्वरूप नै बिग्रने गरी जलविद्युत आयोजना नबनाउन माग गरेका छन् । चिमखोला गाउँ भएर बग्ने बगर खोलामा मोना हाइड्रोपावर कम्पनीले साढे पाँच मेगावाट क्षमताको बगर खोला जलविद्युत आयोजना निर्माणको तयारी थालेपछि स्थानीयहरूले विरोध जनाएका हुन । कम्पनीले आयोजना निर्माणको तयारी थालेपछि चिमखोलाका स्थानीयवासीहरुले […]
‘‘ विदेश जाने मन छैन,माटोमै पसिना बगाउछु’’ (भिडियो\फोटो सहित)

ठाकुरप्रसाद आचार्य \जलजला म्याग्दी,पुस २६ गते । ‘‘छरछिमेकका साथीभाई धेरै पैसा कमाउने लोभमा विदेश तिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका ३८ वर्षीय युवा […]
बेनीका प्रतिष्ठीत व्यक्तिले नै बिजुली चोरी गर्दछन्

विकल्प न्यूज \बेनी पुस २६ गते । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने दुईसय १२ ग्राहकको लाइन काटेको छ । बर्षौ सम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्क सहित २४ लाख ८० हजार दुइसय १६ रुपियाँ वाँकी बक्यौता असुल गरिएको कार्यालयले जनाएको छ । लाइन काटिनेहरुमा २४ महिना […]
धवलागिरीमा थप ४ करोड बजेट बिनियोजन

पुस २६ गते । म्याग्दीको दुर्गममा रहेको धवलागिरी गाउँपालिकाले हिउदे गाउँसभा मार्फत चालु आर्थिक वर्षका लागि ४ करोड रुपियाँ थप बजेट बिनियोजन गरेको छ । बिहिबार गाउँपालिका केन्द्रमा मुनामा भएको २१ औं गाउँसभाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै थप उक्त बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन […]
धवलागिरीमा पत्रकार,खेलाडी , कलाकार र कर्मचारी पुुरस्कृत

सन्तोष गौतम । बेनी पुस २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला समाचारदाता सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र […]
माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार

पुस २२ गते। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ। उहाँका श्रीमान विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो। नेकपा (माओवादी […]
बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले […]
बेनी नगरपालिकाले जित्यो नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

म्याग्दी,पुस २१ गते । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ […]
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

विकल्प न्यूज/बेनी पुस २१ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र […]
म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव […]
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी म्याग्दी,पुस २० गते । म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने […]