धवलागिरीमा थप ४ करोड बजेट बिनियोजन

पुस २६ गते ।

म्याग्दीको दुर्गममा रहेको धवलागिरी गाउँपालिकाले हिउदे गाउँसभा मार्फत चालु आर्थिक वर्षका लागि ४ करोड रुपियाँ थप बजेट बिनियोजन गरेको छ । बिहिबार गाउँपालिका केन्द्रमा मुनामा भएको २१ औं गाउँसभाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै थप उक्त बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ।

४८ करोड १२ लाख ९४ हजार रुपियाँ संसोधित बजेट पारित भएको गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताउनुभयो । विभिन्न ४२ वटा योजना तथा कार्यक्रमका लागि थप चार करोड २३ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन भएको हो ।

जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन दश लाख रुपियाँ बजेट बिनियोजन भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले सात वटै वडामा सर्ने÷नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधि वितरण कार्यक्रम मार्फत जेष्ठ नागरिक, अपाङ्ग, दिर्घरोगी र विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिइने बताउनुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मी घरघरमै पुुगेर परिक्षण, परामर्श र उपचार सेवा दिने व्यवस्था मिलाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त कार्यक्रम मार्फत एक महिनाको लागि औषधि पनि निशूूल्क उपलब्ध गराइने छ ।

गाउँपालिकामा आवश्यक पर्ने फलफुुल र जडिवुुटीको बिरुवा उत्पादन गर्न पालिकालेनै नर्सरी स्थापना गर्न पाँच लाख, सबै स्वास्थ्य संस्थामा शिशु स्वागत घर निर्माण र सञ्चालन गर्न पाँच लाख रुपियाँ, भिडियो एक्सरे सेवा सञ्चालनका लागि युुएसजी मेसिन खरिद गर्न आठ लाख रुपियाँ बिनियोजन गरेको छ ।

अपाङ्ग स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा सहायता सामग्री वितरण गर्न पाँच लाख, ३० जना युुवाहरुलाई ३ महिने सीप सिकाई तथा प्रविधी हस्तान्तरण गर्न दश लाख, जोखिमयुुक्त घरहरुको जोखिम आवास बिमाका लागि दुुई लाख पचास हजार, आवधिक योजना बनाउन १२ लाख, जग्गा वर्गीकरण गर्न पाँच लाख, सबै विद्यालयमा विद्यार्थी गुनासो पेटिका राख्न एक लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष रेशम पुुनमगरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको अधुुरा योजनाहरु मध्य मुुदी–खिवाङ सडक, मराङ एक घर, एक धारा, वडा कार्यालय भवन निर्माणलाई पूूर्णता दिन एक करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ ।

सभामा लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले पेश गरेको बेरुजुु फस्यौट सम्बन्धी प्रस्ताव पारित भएको छ । चालुु आर्थिक वर्षमा बिनियोजन भएको मध्य हाल चालुतर्फ ३४.४४ प्रतिशत र
८७ वटा योजना मध्य हालसम्म ११ वटा सम्पन्न भएका छन् । असोज देखि मंसिर महिनासम्म प्रशासकीय अधिकृत नहुँदा योजना र बजेट कार्यान्वयनमा समस्या भएको थियो ।

गत महिना प्रमुख प्रशासकीय अधिकृत आएको, ठेक्काका योजनाहरु प्रक्रीयामा लिएको र उपभोक्ता समितिसँग सम्झौता गर्न वडामै घुुम्ति शिविर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।