Breaking News

जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करणको तयारी

विकल्प न्यूज/बेनी मंसिर ४ गते । म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका […]

मुस्ताङको एक विद्यालयमा छ वाफबाट खाना पकाउने प्रविधि

विकल्प न्यूज\बेनी मंसिर ४ गते । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले वाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ ।विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा मात्र प्रयोगमा […]

सहकारीका सदस्यहरु ः सदस्य जस्तै कहिले बन्ने ?

प्रतिमान पौडेल /बागलुङ मङ्सिर ४ गते । यतिबेला संसारभर वित्तीय समस्या छ । नेपालमा त झन त्यसको असर पर्ने नै भयो । यो मुलुकका शासकहरु वित्तीय संकट समाधानमा होइन, सत्ता जोगाउने र प्राप्त कसरी गर्न सकिन्छ भन्ने मै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष, नयाँ पुराना सबै दल कसैलाई सत्ता जोगाउने ध्याउन्न छ भने कसैलाई मिसन […]

आहा! हिमालको काँखमा सुन्दर लेते गाउँ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ३ गते ।       उत्तरमा धौलागिरि,पूर्वतर्फ निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा छ मुस्ताङको पर्यटकीय स्थल सुन्दर लेते गाउँ । कालिगण्डकी कारिडोर सडकमा पर्ने थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेबाट धौलागिरि,टुकुचे पिक,मानापाथी,निलगिरी र अन्नपूर्ण हिमालको सुन्दर दृश्य आँखै अगाडी अवलोकन गर्न सकिन्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु लेतेमा एकछिन बसेर […]

पर्यटक लोभ्याउँदै रुप्से झरना (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा यतिखेर आन्तरिक पर्यटकको भिड लागेको छ । मुस्ताङ भ्रमणमा हिडेका पर्यटकहरु कालिगण्डकी करिडोरको छेवैमा पर्ने झरनामा रोकिएर तस्विर र भिडियो खिच्ने गर्दछन् । केही वर्ष पहिला रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप विग्रीएको देख्दा पहिलो पटक झरना हेर्न […]

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी, कात्तिक ३० गते ।   प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा […]

पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा […]

नेपाल संवतका अवसरमा बेनीमा प्रभातफेरी

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २८ गते । नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिहरुले पनि सहभागिता जनाएका थिए । बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान […]

म्याग्दीमा जलविद्युतमा काम गर्ने २१ मजदुरको ज्यान गयो

म्याग्दी, कात्तिक २७ गते । जलविद्युत् उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने २१ जना मजदुरको ज्यान गएको छ । पछिल्लो तथ्याङ्कअनुसार २०७६ यता मात्रै २१ मजदुरले जलविद्युत् निर्माणको काम गर्ने क्रममा ज्यान गुमाएका हुन् । २०८० कात्तिक ४ गते रघुगङ्गा गाउँपालिका –७ गौडामुनीमा निर्माणाधीन टुण्डी हाइड्रोपावरद्वारा […]

आजदेखि मुस्ताङको कोरला नाका खुल्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २६ गते । माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरेर भोली सोमबार देखि संचालन गर्न लागिएको कोरला नाकामा दुवै तर्फ तयारी पुरा गरिएको छ । सोमबार विहान दश बजेदेखि नाका औपचारिक रुपमा खुल्ने भएको छ । भोली विहान दश बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका संचालनको उद्घाटन गर्ने छन् । चीन […]

पुराना कला, संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड

विकल्प न्यूज\बेनी कात्तिक २५ गते । हाम्रो परम्परा ः हाम्रो पहिचान भन्ने मूल नारासहित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी शुक्रवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहआयोजना र लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठी म्याग्दीको स्थानीय संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसमा भएको १२औं […]

पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर पत्रकार महासंघको टोली मालिका धुरीमा

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रचार संगै आन्तरिक पर्यटन प्रवर्धनमा सघाउने उद्देश्य अनुरुप महासंघले संचालन गरेको अभियान अन्तर्गत वुधबार विहान मालिका धुरीमा रहेको मालिका देवि […]

साँझपख देखिएको हिमालको रमणीय दृश्य (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २१ गते । बेनी नगरपालिका ३ भकिम्लीबाट साँझपख देखिएको निलगिरि,अन्नपूर्ण र माछापुच्छ«े हिमालको रमणीय दृश्य ।

बोयर बाख्रपालनमा रमाएका भकिम्लीका धन श्रीस

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २० गते । बेनी नगरपालिका ३ भकिम्लीका धनबहादुर श्रीसले १२ वर्ष देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा विताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ । उहाँले श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा.लि मार्फत बोयर बाख्राको […]

जाजरकोटमा पुनः ५.८ रेक्टरको धक्का

काठमाडौं, कात्तिक २० गते । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो । भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं […]