पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

विकल्प न्युज/ बेनी

साउन २६ गते ।

पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो ।

पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

पश्चिम म्याग्दीका तीन वटा पालिकासँगै बाग्लुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउने भिर, बाङ्गेभिर, लाम्पाटादेखि रणबाङका क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।