बेनीमा घोडा नाच देखाइयो (भिडियो)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन ३२ गते ।

नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो ।


नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।


एकजना घोडाको भेषमा र अर्को एकजना गोठालो भएर संगीतको तालमा यो नाच नाच्ने गरिन्छ । बजारमा घोडा नाच देखाएपछि हेर्नेको निकै भिड लागेको छ । घोडा नाच देखाउँदै बजार परिक्रमा गरिएको थियो ।


हरितालिका तीज सम्म सापरु,नागानागिनी नाच,गाइजात्रा,श्रीकृष्ण रथयात्रा र जोगी नाच प्रदर्शन गरिने ल्याम्हः पुचःका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।