Breaking News

मालिका गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू (फाेटाे)

विकल्प न्युज / बेनी माघ 22 गते । मालिका गाउँपालिकाकाे केन्द्र दरबाङमा बुधवार देखि दाेर्साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरू भएकाे हाे । प्रतियाेगिताकाे जिसस प्रमुख देवेन्द्र वहादुर केसिले गर्नुभएकाे हाे । 

म्याग्दी क्याम्पसले मनायो खुसियाली (फोटो सहित)

विकल्प न्यूज/बेनी माघ २१ गते । विश्वविद्यालय अनुदान आयोग, नेपालबाट म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए)को प्रमाणपत्र प्राप्त गरेको खुसियालीमा आज क्युएएउत्सव मनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा मङ्गलबार एक समारोहबीच ¥याली, झाँकीसहित विभिन्न कार्यक्रम गरेर क्युएएउत्सव मनाएको हो । क्याम्पसले अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) प्रमाणपत्र पाएको खुसियालीमा म्याग्दी जिल्लास्थित […]

म्याग्दी क्याम्पसले मनायो क्युएए उत्सव (फोटो /भिडियो)

विकल्प न्यूज\बेनी माघ २१ गते ।म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको खुसियालीको अवसरमा उत्सव मनाएको छ । मंगलबार बेनीबजारमा विभिन्न बाजागाजा,झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेर खुसियाली मनाएको हो । ¥यालीमा विभिन्न जातजातिका भेषभुषा र झाँकी प्रदर्शन गरिएको छ । बाजामा विद्यार्थीहरु खुसियाली मनाउँदै नाचगान समेत गरेका छन् । विश्व विद्यालय […]

तोरीले पहेँलपुर रत्नेचौर (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा फुलेको पहेलपुर तोरी । रत्नेचौरवासीहरुले परम्परागत रुपमा तोरी वाली लगाउँदै आएका छन् । पहेँलपुर फुलेको तोरीमा फोटो खिचाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

विद्यालय बन्द गरेर अन्नपूर्ण महोत्सव

कमल खत्री/ठाकुरप्रसाद आचार्य नारच्याङ १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ । गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई एसईई […]

अन्नपूर्ण पर्यटन महोत्सवलाई बजेट २५ लाख – कृषकलाई रित्तो हात !

विकल्प न्यूज/नारच्याङ माघ १९ गते । महोत्सवमा २५ लाख खर्च गर्ने अन्नपूर्णले किसानलाई भने अपमानजनक व्यवहार गरेको छ । गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि पदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले पदर्शनीको लागि सामाग्री […]

अन्नपूर्णका मगर समुदायको पुख्र्यौली नृत्य (फोटोफिचर)

विकल्प न्यूज /बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडा अध्यक्ष कम्मरमा मादल भिरेर नाच्दै हुनुहुन्थ्यो । गाउँका पाका तथा युवा पुस्ता पनि उहाँलाई साथ दिन पुख्र्यौलीमा नाच्दै थिए । पुख्र्यौली नृत्यले महोत्सव स्थल घन्किएको थियो । महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुख्र्यौली नृत्यलाई चासोका साथ हेरिरहनुभएको थियो । […]

झिलिमिली घलेम्दी (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङमा हालै मात्र निर्माण सम्पन्न भएको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको पावरहाउस स्थल । विहिवार साँझ त्यहाँ पुग्दा घलेम्दीको पावरहाउस स्थल बत्तीले झिलीमिली बनेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य  

लभ्लीहिलमा फरफरायो पर्यटन वर्ष अंकित झण्डा (फोटो /भिडियो सहित)

विकल्प न्यूज/बेनी माघ १८ गते ।     म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ । शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको पहिलो कार्यक्रम हो […]

नारच्याङको माथिल्लो भेगमा अलपत्र परेका पर्यटकलाई हेलिकप्टरबाट सकुशल उद्धार गरियो

विकल्प न्यूज/बेनी माघ १८ गते ।  म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई शनिबार सिम्रीक एयरको हेलकप्टरबाट सकुशल उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका नारच्याङको माथिल्लो भेग ¥यालेखर्क स्थित जंगलको खोचमा अलपत्र परेका पर्यटकहरु अंकित शाह,अभिशेष महतो सर्लाई, सन्जित लामा दोलखा र सुमन भट्ट धनगडीलाई दुई दिनको प्रयास पछि सकुशल उद्धार […]

खाेप्राबाट नारच्याङ आउदै गरेका चार पर्यटक विच बाटाेमा अलपत्र

बेनी, १७ (माघ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको […]

अन्नपूर्णकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू (फाेटाेफिचर)

विकल्प न्युज/नारच्याङ माघ १६गते  । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाे नारच्याङमा पर्यटन महाेत्सव सुरू भएको छ । महाेत्सवकाे गण्डक प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले गर्नुभएकाे हाे । 

बेनपा १ सारेमारेका एकेन्द्र थापाको रहर लाग्दो बंगुरपालन (भिडियो)

विकल्प न्यूज/बेनी माघ १४ गते ।  बेनी नगरपालिका १ सारेमारेमा एकेन्द्र थापामगरले व्यवसायीक रुपमा बंगुर पालन गर्नुभएको छ । रोजगारीको शिलशिलामा विदेश जानुभएको थापामगर गाउँफर्किएर व्यवसायीक रुपमा बंगुरपालन व्यवसाय सुरु गर्नुभएको हो । उत्पादीत बंगुर पोखरा,म्याग्दीको बेनी,बागलुङ र पर्वत सम्म विक्री हुने उहाँ बताउनुहुन्छ । बंगुरपालनबाट मनग्गे आम्दानी हुने उहाँले बताउनुभयो । बंगुर पालन गर्न […]

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी माघ १३ गते । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । ३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट […]

म्याग्दीको पश्चिम भेगका ७ स्थानमा पक्की पुल बन्दै

ठाकुरप्रसाद आचार्य/बेनी माघ १३ गते । जिल्लाको पश्चिम भेगका वस्तीहरुलाई जोड्ने गरी धमाधम पक्की पुलहरु निर्माण हुनथालेका छन् । संघिय र प्रदेश सरकारले गरी म्याग्दीखोला भेगका ७ स्थानमा मोटरेबल पुल बन्न थालेका हुन । केही वर्ष भित्र ति स्थानहरुमा पक्की पुल निर्माण भई वस्तीहरु सडक सञ्जालसँग सिधा जोडीने छन् । संघीय सरकार अन्तर्गत रहेको सडक […]