ताजा समाचार:
Search

बागलुङमा थप १६ जनामा कोरोना पुष्टि,गण्डकीमा ५०४ पुगे

विकल्प न्युज/ बेनी

असार ७ गते ।

गण्डकी प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित थपिएका छन । प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान निकालेकाे विज्ञप्ति मार्फत थपिएका संख्या काे पुष्टि गरेकाे हाे । 

विज्ञप्ति  अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

उनिहरू सवैलाई अाईसाेलेशनमा लैजाने तयारि गरिएकाे छ। शनिबार म्याग्दीका दुईजना युवा काेराेना निकाे भएर घर फर्किएका छन ।