ताजा समाचार:
Search

बागलुङमा थप १४ जनामा काेराेना पुष्टि, गण्डकीमा पुग्याे ३४८

विकल्प न्युज/ बेनी

असार ५ गते । बागलुङमा थप १४ जनामा काेराेना पुष्टि भएको छ ।

शुक्रबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ |

थप भएका नयाँ  संक्रमितहरू सबैजना भारतबाट फर्किएको हुुुन । यसै गरि नवलपुरमा २, कास्कीमा ६ र स्याङ्जा मा २ गरि प्रदेशमा २४ जनामा काेराेना पुष्टि भएकाे हाे ।

सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |