ताजा समाचार:
Search

पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि, गण्डकीमा पुग्याे २९४

विकल्प न्युज / बेनी

असार ४ गते । पर्वतमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि

 

भएकाे छ । विहिबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति अनुसार कुस्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४२ का १ जना पुरुष र बर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |

यसै गरि माेदिगाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ३० र ३७ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |

वहाँहरु सबैको कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले प्रतिबेदन मार्फत जनाएको छ |

वहाँहरु सबैजना हालै भारतबाट फर्कनु भएको हो | वहाँहरुलाई पर्बत जिल्लाको कुश्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९४ पुगेको व्यहोरा अनुरोध छ |