२०७७ असार ४ गते
विकल्प न्यूज
गण्डकी प्रदेशमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् ।
यसअघि आज बिहान मात्रै ५ जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको थियो । अहिले थपिएका ३० सहित गरेर गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा संक्रमितमध्ये २२ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भएको छ ।