Breaking News

ज्यामरुककोटको ऐतिहासिक वास्तविकता

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असोज १९ गते । गाउँ ठाउँमा अनेकौं किम्वदन्तिहरु रहेका हुन्छन् । त्यस्ता किम्वदन्तिहरुमा सत्यताको अंश साह्रै सानो हुन्छ । सत्य कथालाई छोप्नेगरी अनेकौं तिलस्मी उप कथाहरु जोडिएका हुन्छन् । तथ्य एकातिर हुन्छ कथा अर्कोतिर । त्यसैले किम्वदन्तिहरुलाई इतिहास भन्न मिल्दैन । ती इतिहास होइनन् । इतिहास अनुसन्धानका कडी भने त्यस्ता […]

आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते ।      गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]

गण्डकी प्रदेशमा कोरोनाको जोखिम बढ्यो, एकैदिनमा थपिए १५९ जना संक्रमित

विकल्प न्यूज/बेनी असोज१८गते ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा जोखिम बढेको छ । पोखरा र बागलुङमा कोरोनाको उच्च जोखिम थपिएको छ । यसका साथै लमजुङ,तनहुँ र नवलपुरमा समुदायमा कोरोना फैलिएको छ । आइतबार मात्रै प्रदेशमा थप एकसय ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराको विज्ञप्ती अनुसार आइतबार दिनभर नवलपुरमा मात्रै […]

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५९९ जना

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले सम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

म्याग्दीमा थपिए ३ जना काेराेना संक्रमित

विकल्प । असाेज १५ गते । म्याग्दी मा थप तीन जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणा मा ३ जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरु अन्नपुर्ण गाउँपालिका वडानम्वर ६ की ४५ बर्षकी महिला र सोही वडाका १८ बर्षका पुरुष र मालिका गाउँपालिका वडानम्वर ६ का २० बर्षका पुरुषमा कोरोना पुष्टि भएको […]

जलजला २ माझफाँटका बैरागी मुख्य सचिवमा नियुक्त

विकल्प न्यूज/बेनी असोज १५ गते । पर्वतको जलजला २ माझफाँटका संकरदास बैरागी मुख्य सचिवमा नियु्क्त हुनुभएको छ । विहिवार बसेको मन्त्रीपरिषद वैठकले उहाँलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वैरागी मुख्यसचिव हुनुभएकोमा खुसी हुँदै जलजला गाउँपालिकाका प्रशासन अधिकृत त्रिविक्रम आचार्यले जिल्लाकै गौरब बढाएको बताउनुभयो ।  निजामती सेवाको सर्बोच्च पद मुख्य सचिवमा नियुक्ति हुनु भएकोमा हार्दिक […]

श्रीमती मारेर खाडलमा पुर्ने रत्नेचौरका सार्की पक्राउ

विकल्प न्यूज/बेनी असोज १४ गते ।   सांकेतिक तस्विर श्रीमतीलाई मारेर खाल्डोमा पुर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका १ रत्नेचौरको बेलबोटका ३९ वर्षीय विरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीले श्रीमती माया सार्कीलाई कुटपिट गरेर हत्या गरी घर नजिकै खाडलमा पुरेको अवस्थामा बुधबार सव बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी […]

विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म […]

संघ सरकारले म्याग्दीलाई गरेको विभेद सांसद केसीद्धारा खारेज

विकल्प न्यूज/बेनी असोज १३ गते । गण्डकी प्रदेशका सांसद विनोद केसीले संघ सरकारले म्याग्दीप्रति गरेको विभेदपूर्ण निर्णयलाई खारेज गर्नुभएको छ । उहाँले संघले गरेको विभेद पूर्ण निर्णय सच्चाउन समेत कडा रुपमा माग गर्नुभएको छ । केसीले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा नगरिएकोमा आपत्ति जनाउनुभएको छ । गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर बोल्दै […]

पार्टी परित्याग गरेका ढकाल र किसानलाई नेकपा म्याग्दीको काउन्टर एट्याक !

विकल्प डेस्क । असोज१३गते। म्याग्दीमा एकपार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने गराउने होडबाजी सुरु भएको छ । निर्वाचन आउन करिब दुईवर्ष समय छ । तर पार्टी प्रवेशको होडबाजी चल्दा निर्वाचन नकिँदै छ भन्ने अनुभूति हुन थालेको छ । हुन त लोकतन्त्रको सुन्दर पक्ष भनेको दलहरुको सक्रियता हो । पार्टी संगठन निर्माण,विस्तार, कार्यक्रर्ता प्रशिक्षण, सदस्यता नविकरण भेला,वैठक र […]

अवसरलाई सदुपयोग गर्न नेकपा नेतृत्व चुकेको हो ? (सम्पादकीय)

विकल्प न्यूज/बेनी असोज १२गते । आर्थिक,सामाजिक,राजनीतिक र विकासका दृष्ट्रिकोणबाट म्याग्दी पछाडी परेको जिल्ला हो । भौगोलिक विकटता विकासको बाधक बनेको छ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको राजनीतिक र प्रशासनीक क्षेत्रमा बलियो पहुँच छैन । पच्चायत कालमा केही नेताहरुले केन्द्रिय सत्तामा धेरथोर पहुँच पु¥याएर तत्कालिन आवश्यकताहरु पुरा गरेको देखिन्छ । छिमेकी जिल्लाहरुको तुलनामा म्याग्दी विकासका […]

झोलुङ्गे पुलले जोडिदै म्याग्दीका वस्तीहरु

विकल्प न्यूज/बेनी असोज १२ गते । म्याग्दीका विकट वस्तीहरु झोलुङ्गे पुलले जोडिदै छन् । पछिल्ला केही वर्ष यता जिल्लामा झोलुङ्गे पुल निर्माणले प्राथमिकता पाएको छ । विभिन्न स्थानमा २६ वटा झोलुङ्गे पुल निर्माणधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दी,झोलुङ्गे पुल सहयोग इकाई र पिपिएपी पोखराले जिल्लामा २६ वटा झोलुङ्गे पुल निर्माण गर्न लागेका हुन […]

कोरोना रोकथाम तथा नियन्त्रणमा नागरिक दायित्व नभुलौं

विकल्प न्यूज/बेनी असोज १२ गते । जिल्लाका एक युवा कोरोना परिक्षणका लागि नमुना स्वाव दिएर रिपोर्ट नआउँदै समुदाय सँग घुलमिल गरेको तथ्य बाहिरियो । भारतबाट आएका ति युवाको दुइदिन पछि कोरोना संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका युवा गाउँमा पुगेर न्यूनतम पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । गाउँ पुगेका ति युवा साथीभाई […]

कषि क्षेत्रको विकासका लागि ९ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज११गते । म्याग्दी र मुस्ताङको कृषि क्षेत्रको विकासका लागि करिब ९ करोड बजेट प्राप्त भएको छ । संघ र प्रदेश सरकारले दुई जिल्लाको कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ९ करोड १७ लाख ७८ हजार रुपैयाँ बजेट पठाएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार आयोजना गरेको वार्षिक कार्यक्रमको सार्वजनिकिकरणमा कृषि प्रसार […]