गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा जोखिम बढेको छ । पोखरा र बागलुङमा कोरोनाको उच्च जोखिम थपिएको छ । यसका साथै लमजुङ,तनहुँ र नवलपुरमा समुदायमा कोरोना फैलिएको छ ।
आइतबार मात्रै प्रदेशमा थप एकसय ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराको विज्ञप्ती अनुसार आइतबार दिनभर नवलपुरमा मात्रै एकसय जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी बागलुङमा १८,तनहुँमा २७ जना,कास्कीमा ३,लमजुङमा ६,गोरखामा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्तरजिल्ला आवागमन बढेकाले अन्य जिल्लामा पनि कोरोनाको जोखिम बढेको हो । म्याग्दीमा ४ जना कोरोना संक्रमित आइसोलेशनमा छन् ।
अहिले सम्म पचासजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अन्तरजिल्ला आवगमन बढेकाले म्याग्दीमा पनि समुदायमा कोरोना फैलिन सक्ने उच्च जोखिम बढेको छ ।