विकल्प न्यूज/बेनी
असोज १५ गते ।
पर्वतको जलजला २ माझफाँटका संकरदास बैरागी मुख्य सचिवमा नियु्क्त हुनुभएको छ । विहिवार बसेको मन्त्रीपरिषद वैठकले उहाँलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
वैरागी मुख्यसचिव हुनुभएकोमा खुसी हुँदै जलजला गाउँपालिकाका प्रशासन अधिकृत त्रिविक्रम आचार्यले जिल्लाकै गौरब बढाएको बताउनुभयो ।
निजामती सेवाको सर्बोच्च पद मुख्य सचिवमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना गर्दौ उहाँको नियुक्ति सगैं समग्र धौलागिरी बासिकै शिर उचो भएको छ, यस सगैं धौलागिरीबासिले बिकासको आशा समेत गरेको उहाँले बताउनुभयो ।
परराष्ट्र सेवामा प्रवेश गरेर निरन्तर त्यही सेवामा काम गर्दै सचिव भएर मुख्यसचिवमा बढुवा हुने वैरागी पहिलो हुन् हुनुहुन्छ ।
थापा रक्षासचिवबाट सन् १९५४ मा परराष्ट्र मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँले सन् १९९५ सम्म उनले परराष्ट्रसचिवको भूमिका निर्वाह गर्नुभएको थियो । त्यसपछि उनी फेरि रक्षा मन्त्रालय सम्हाल्ने गरी मुख्य सचिवमा नियुक्त भए र पछि रक्षा मन्त्रालय छाडेर पूर्णरुपमा मुख्य सचिवको कार्यभार समाल्नुभएको थियो ।
वैरागीले सन् २०१४ मा नै कार्यवाहक परराष्ट्र सचिवको कार्य शुरु गर्नुभयो । त्यसको एक वर्षपछि उनी सचिवमा नियुक्त हुनुभयो । यस अवधिमा उहाँले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग नजिकसँग काम गर्ने अवसर पाउनुभयो ।
वैरागी अहिले सबै राजनीतिक दलका नेतालाई रिझाएर मुख्य सचिव हुन सफल भएका छन् । कात्तिक १० गतेसम्म पदावधि भएका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएर बेलायतको राजदूत हात पारेपछि वैरागीलाई मुख्यसचिव बन्ने बाटो खुलेको हो ।
लोकदर्शनले राजदूतको प्रलोभनमा नपरी पूरै कार्यकाल मुख्यसचिव चलाएको भए वैरागी मुख्यसचिव बन्ने ठाउँ रहँदैनथ्यो । किनभने, रेग्मीको कार्यकाल नसकिँदै यही असोज २२ गते नै वैरागीले परराष्ट्र सचिवबाट अवकाश पाउन लागेका थिए ।
वैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल दल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसैगरी उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् । वैरागीको जन्म सन् १९६६ मा पर्वतको माझफाँटमा भएको थियो ।
‘