Breaking News
मंगलाबाट ठूलो परिमाणको लागूऔषध सहित महिला पक्राउ

विकल्प न्यूज\बेनीमंसिर ६ गते । म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरबाट ठूलो परिमाणको लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय खड्क बहादुर विकको घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले २३ वर्षीय पूर्णा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो […]
टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे

ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको […]
विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी, मङ्सिर ४ गते । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष […]
धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई

विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत […]
मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ४ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक मंगलबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्याधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन आज मंसिर ४ गते देखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजे सम्मका लागि […]
बेनी नगरमा तीनसय ३ वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन सुरु

विकल्प न्यूज\बेनीमंसिर ४ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ।गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो […]
बजेट अभावमा टोड्केमा निर्माणधिन हाइअल्टिच्युड खेलमैदान अलपत्र

विकल्प न्यूज/बेनीमंसिर ३ गते । आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ। म्याग्दी जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माण […]
जन्मदिनमा म्याग्दी बालगृह र गौशालालाई सहयोग

विकल्प न्यूज\बेनीमंसिर २ गते । जन्मदिनको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई शनिवार जिन्सी सामान सहयोग भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ निवासी डिलु बुदुजा (बद्री पुन)ले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर भाँडावर्तन सहयोग गर्नुभएको हो ।
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी, मङ्सिर २ गते । अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ […]
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

मंसिर २ गते । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा सबै सँगै हुन्छन्,” उहाँले भन्नुभयो […]
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि

विकल्प न्यूज/बेनीमंसिर १ गते । गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् […]
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

१ मङ्सिर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर […]
पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी, कात्तिक ३० गते । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । […]
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी, कात्तिक ३० गते । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ […]
हिमाल हेर्न कोखेडाँडा

पर्वत, कात्तिक ३० गते । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरि, […]