विकल्प न्यूज/बेनी
माघ २३ गते ।
नेकपा एमाले पर्वतले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत बुधबार जलजलामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जलजला गाउँपालिका कमिटीको आयोजनामा लामाखेतमा सम्पन्न कार्यक्रममा प्रदेश र जिल्लाका नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।
पार्टीले संचालन गरेको तीन महिने वडाकेन्द्रीत अभियानलाई प्रभावकारी रुपमा जनतासम्म पु¥याउन,नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विचार,सिद्धान्त र कार्यक्रमका बारेमा प्रशिक्षित गर्न पालिका कमिटीले एकदिने प्रशिक्षण कार्यक्रम संचालन गरेको कमिटीका अध्यक्ष नरबहादुर कार्कीले बताउनुभयो ।
पालिका कमिटीका पदाधिकारी,सदस्य,वडा कमिटीका अध्यक्ष,सचिव र निर्वाचित वडाध्यक्ष तथा सदस्यहरु सहभागी भएको प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडी,प्रदेश कमिटी सदस्यद्धाय लालबहादुर अधिकारी,प्रेम पौडेल र जिल्ला कमिटीका सचिव सुवासचन्द्र पौडेलले प्रशिक्षण दिनुभएको थियो ।
वडा केन्द्रीत अभियान अन्तर्गत पार्टीले जिल्लाका ७ वटै स्थानीय तहमा पालिकास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गरेको जिल्ला कमिटीका सचिव पौडेलले जानकारी दिनुभयो । पालिकास्तरीय प्रशिक्षण सकेपछि वडास्तरमा प्रशिक्षण कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम पार्टीका पालिका कमिटीका अध्यक्ष कार्कीको अध्यक्षता,उपाध्यक्ष महेन्द्र रेग्मीको स्वागत र सचिव निलकष्ठ सुवेदीको संचालनमा सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमहरु जलजला भुगोल भएका जिल्ला कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
।