गलेश्वर शिवालय क्षेत्र विकास कोषमा कार्यकारी सभासद चयन


विकल्प न्यूज/बेनी
माघ १८ गते ।

म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषमा कार्यकारी सभासद् चयन गरिएको छ ।
शुक्रबार गलेश्वरधाममा सम्पन्न भएको कार्यकारी सभासदको निर्वाचनबाट सर्वसम्मत रुपमा ९० जना कार्यकारी सभासद्हरु चयन भएको निर्वाचन मण्डलका संयोजक सागरजिवी शर्माले जानकारी दिनुभयो ।


गलेश्वर शिवालय क्षेत्र विकास कोषमा आजिवन,श्रेस्कर,साधारण,स्थायी र सहयोगी सदस्य गरी ५४२ जना सदस्यहरु छन् । ती मध्य कार्यकारी सभासद्मा चुनिएका सभासद्हरुले गलेश्वर क्षेत्र विकास कोषको दुई कार्यकालका लागि कार्यसमिति चयन गर्ने छन् । कार्यकारी सभासद्को कार्यकाल ६ वर्षको हुनेछ ।


निर्वाचन मण्डलका संयोजक शर्माले दिएको जानकारी अनुसार आजिवन सदस्य मध्यबाट १४ जना,श्रेस्कर सदस्यहरुबाट १७ जना,साधरण सदस्यहरुबाट १३ जना,स्थायी सदस्यहरुबाट १६ जना,सहयोगी सदस्यहरुमध्यबाट २२ जना र गलेश्वर शिवालय क्षेत्रविकास कोषका पूर्व पदाधिकारीहरु मध्यबाट ८ जना गरी ९० जना निर्वाचित भएका छन् ।


कार्यकारी सभासदको निर्वाचन तथा धार्मिक पुस्तकालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशिद्ध गलेश्वर शिवालय मुक्तिनाथको प्रवेश द्धारका रुपमा रहेकाले यहाँको थप विकास,प्रचारप्रसार र पूर्वाधार निर्माण गरेर धेरे भन्दा धेरै धार्मिक पर्यटक भिœयाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।


बेनी नगरपालिका ९ का वडाध्यक्ष चक्र केसीले गलेश्वरधाममा थप धार्मिक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । विभिन्न दाताहरुले दिएको सहयोगबाट स्थापना गरिएको धार्मिक पुस्तकालयको समेत उद्घाटन गरिएको छ ।
पुस्तकालय स्थापना गर्न सहयोग गर्नुहुने धवलागिरि गाउँपालिका ७ ताकम निवासी हाल अमेरिकामा वस्ने रघुनाथ सुवेदी लाई सम्मानपत्र बाट सम्मान गरिएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।


कार्यक्रममा कोषका सल्लाहकार प्रध्यापक डा.हेमराज सुवेदी,रमेश सुवेदी र धार्मिक संघसंस्थाको तर्फबाट युवनाथ रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बमबहादुर पुन र संचालन कार्यालय सचिव बानियाँले गर्नुभएको थियो । कोषले आगामी नयाँ नेतृत्व चयनका लागि चैत महिनाको दोस्रो हप्ता भित्रमा अधिवेशन आयोजना गर्ने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *