विकल्प न्यूज/बेनी
म्याग्दी,माघ २२ गते ।
म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप खोप अभियानमा सहभागि हुँदै छन् ।
जिल्लाको ६ वटै स्थानीय तहहरुमा माघ २२ गते २९ गते सम्म छात्रा तथा किशोरीहरुलाई खोप लगाउन आजदेखि सुरु गरिएको छ । यो खोप लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । नेपालमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगले दैनिक रुपमा चारजनाको ज्यान जाने गरेको छ ।
खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार ६ स्थानीय तहमा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप दिइने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना,रघुगंगामा ४ सय ९५ जना,बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना,मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाउन सबै तयारी पूरा गरी आजदेखि खोप लगाउन सुरु गरिएको
प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
खोपको तयारीका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयमा रहेका स्वास्थ्यकर्मीहरु जुटेको उहाँले बताउनुभयो । बेनी स्थित बेनी सामुदायिक माविमा आज औपचारिक कार्यक्रमको आयोजना गरेर खोप अभियानको थालनी गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ सहायक भावना शर्माले जानकारी दिनुभयो ।