ताजा समाचार:
Search

बेनी नगरपालिका

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगमी नेतृत्व चयनका लागि बेनीमा सातौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ ।

कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि धमाधम उम्मेद्वारी घोषणा

विकल्प न्यूज/बेनी कात्तिक २९ गते ।  नेपाली कांग्रेस म्याग्दीको आगमी नेतृत्वका लागि नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । मंसिर १ गते (भोली) नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनलाई लक्षित गरी नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका हुन । काँग्रेसको संस्थापन (खम्बिर गर्बुजा) […]

युवा नेता भरत रकालले घाेषणा गरे सचिव पदमा उम्मेदवार

विकल्प न्युज/ बेनी कात्तिक २९ गते । नेपाली काँग्रेस म्याग्दीको सचिव पदमा युवा नेता भरत रकालकाे उम्मेदवारी घाेषणा  गर्नुभएको छ । मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनमा रकालले सचिव पदका लागि उम्मेदवारी घाेषणा गर्नुभएको हाे । मंगलबार पत्रकार भेटघाट मार्फत रकालले उम्मेदवारी घाेषणा गर्नुभएको हाे । युवा पुस्ताकाे नेतृत्व गर्दै सचिव पदका लागि उम्मेदवारी […]

विप्लव नेतृत्वको नेकपाकाे बेनीमा मसाल जुलुस

विकल्प न्युज/ बेनी कार्तिक २९ गते ।  मूल्य वृद्धिकाे विराेधमा भाेलि कार्तिक ३० गते विप्लव नेतृत्वको नेकपाले  आयाेजना गरिएको नेपाल बन्दकाे पुर्व सन्ध्यामा साेमबार साँझ  बेनीमा मसाल जुलुस निकालेका छन् । नेकपाका कार्यकर्ताहरूले पार्टी कार्यालयबाट जुलुस निकालेका हुन । तर सडकमा आईनसक्दै प्रहरीले हस्तक्षेप गरेकाे थियाे ।    

गाउँ तथा नगर अधिवेशनमा भिडेका कांग्रेसका दुवै पक्ष प्रदेश क्षेत्रमा आउँदा युद्धविराम !

विकल्प डेस्क / बेनी कात्तिक २९ गते गते । असोजको पहिलो हप्ता सम्पन्न नेपाली काँग्रेसको स्थानीय तहका गाउँ तथा नगरपालिका अधिवेशनमा दुवै पक्ष एकआपसमा भिडे । अन्य पालिकामा सहमतिबाट नेतृत्व चयन भएपनि अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका अधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन नभएपछि निर्वाचनबाट टुंगाइएको थियो । यी दुई पालिकामा बर्तमान पार्टी सभापति खम्बीर गर्बुजा र […]

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत नेतृत्व चयन

विकल्प न्यूज\बेनी कात्तिक २७ गते । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित हुनुभएको छ […]

काँग्रेसको प्रदेशसभा अधिवेशन ः प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध निर्वाचित

विकल्प न्यूज/बेनी कात्तिक २७ गते ।  नेपाली काँग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीले दिएको जानकारी […]

वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी

विकल्प न्यूज/बेनी कात्तिक २४ गते ।  नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ । माओवादी केन्द्रको प्रदेश […]

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित […]

सामुहिक बलात्कारमा संलग्न तिनजना पक्राउ

विकल्प न्युज/ बेनी कात्तिक २२ गते ।  बेनी नगरपालिका-५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले उनिहरू पक्राउ परेकाे बताउनुभयाे । पक्राउ परेकालाई बेनी ल्याउन लागिएको उहाले बताउनुभयाे । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो […]

मनै लोभ्याउने सयपत्री फूलको खेती(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले सयपत्री फूलको खेती गरेको छ । करिब ४ रोपनी जमिनमा फुल खेती गरेको हरियाली ग्रुपका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । तिनवर्ष देखि व्यवसायीक रुपमा फुलको खेती गर्दै आएको र वार्षिक रुपमा ४ लाख रुपियाँ बराबरको फुल विक्री हुने गरेको उहाँले बताउनुभयो । […]

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको […]

बेनीमा शितको थोपा अभियान संस्थाको कार्य शुभारम्भ

विकल्प न्यूज/बेनी कार्तिक ११ गते । सामाजिक काम गर्ने उद्देश्यका साथ म्याग्दीको बेनीमा शितको थोपा अभियान संस्थाको स्थापना भएको छ । बुधबार बेनीमा एक कार्यक्रमको आयोजना गरि सो संस्थाले आफ्नो कार्य सुभारम्भ भएको घोषणा गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी, व्यबसायी जीवन कुमार बिश्वकर्माले सेवा गर्ने ब्यक्ति, वा संस्थाले आफ्नो काम चुस्त र […]

एमाले बेनी नगर कमिटीको अध्यक्षमा जिसी निर्वाचित

विकल्प न्युज/ बेनी विकल्प न्युज/ बेनी कार्तिक १० गते । नेेकपा एमाले बेनी नगर कमिटीकाे प्रथम अधिवेशनबाट युवा नेता नारायण जिसी अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । मंगलबार सुरू भएको अधिवेशनमा अध्यक्ष पदमा जिसी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी गर्नु भएको थियाे । बुधबार जिसीकाे पक्षमा सहमति जुटेकाे हाे । जिसीकाे नेतृत्वमा ७५ सदस्यीय […]

एमाले बेनी नगर कमिटीको अध्यक्षमा जि.सी र के.सीको दावी यथावत

विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि मंगल सुरु भएको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा युवा नेता नारायण जि.सी,राजकुमार थापा र चन्द्रकुमार केसीले दावी प्रस्तुत गर्नुभएको थियो । बुधवार दिनभर नेताहरुले मिलाउने प्रयास गरेपनि साँझसम्म सहमति हुनसकेको छैन । दुवैजनाले अडान लिएपछि […]