सामुहिक बलात्कारमा संलग्न तिनजना पक्राउ

विकल्प न्युज/ बेनी

कात्तिक २२ गते । 

बेनी नगरपालिका-५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।

प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले उनिहरू पक्राउ परेकाे बताउनुभयाे । पक्राउ परेकालाई बेनी ल्याउन लागिएको उहाले बताउनुभयाे ।

कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो ।

सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तिन जनाले डरधम्की देखाएर बलात्कार गरेको पिडितको जाहेरीमा उल्लेख छ । दाेषीलाई पक्राउ नगरेकाे भन्दै प्रहरीकाे आलाेचना भएको थियाे ।