बेनी नगरपालिका

निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, १० पुष । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा भिष्मबहादुर थापा, कुलप्रसाद आचार्य, […]

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

विकल्प न्यूज/बेनी पुस ७ गते । म्याग्दीमा १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई कोभिड विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ । पुस ९ गते देखि १४ गते सम्म सवै वडाका खोप केन्द्र तथा विद्यालयहरु मार्फत १२ वर्ष देखि १८ वर्ष मुनिका सबै बालबालिकाहरुलाई कोभिड–१९ विरुद्वको मोडर्ना खोप लगाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय […]

बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !

विकल्प न्यूज/बेनी पुस ६ गते । सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापन गर्न एकतर्फी यातायात सञ्चालन गरिएको छ । एकहप्ता अघि बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइपछि पौष १ गते देखि बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गरिएको हो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन ति कदमहरु चालिएको […]

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

विकल्प न्यूज/बेनी पुस ४ गते । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रमेश सिं ठकुरी र बिरमाया विश्वकर्मा, सचिव भिमबहादुर घर्ती , कोषाध्यक्ष मनबहादुर रोका , सहसचिब […]

एनसीसी बैंक बेनी शाखाले मनायो २५ औं वार्षिकोत्सव

विकल्प न्यूज/बेनी मंसिर २८ गते । एनसीसी बैंक लिमिटेड बेनी शाखाले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताले बैंकमार्फत नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले वित्तिय संस्थासँग सहकार्य गरी वडाभित्र […]

पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार

विकल्प न्युज/ बेनी मंसिर २७ गते । सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार सहित […]

फोनीज म्याग्दीको अध्यक्षमा साधन राम्जाली चयन

विकल्प न्यूज/बेनी मंसिर २५ गते । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज ) म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बेनीमा भएको प्रथम अधिवेशनले राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर रहेका छन् । […]

मिडिया अवार्डबाट पत्रकार गौतम सम्मानित

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार मिडिया सोसाइटी अवार्ड–२०७८ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले […]

पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २४ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष […]

जलजलाका किसानले खोलेको कृषि बजार प्रभावकारी

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाका किसानहरुले खोलेको कृषि बजार प्रभावकारी भएको छ । कृषिजन्य उत्पादनले मूल्य नपाएपछि किसानहरुले एकवर्ष अघि सामुहिक रुपमा कृषि बजार खोलेका हुन । कृषकले उत्पादन गरेका ताजा तरकारी र फलफुललाई सिधै उपभोक्ता समक्ष पु¥याउन जलजलाको ४ मोहनचोक र म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि बजार सञ्चालित छ । […]

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]

जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग

विकल्प न्युज/ बेनी मंसिर २१ गते ।  आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका तुल्मराज […]

गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]

म्याग्दीका नेता बानियाँ र महतद्धारा कांग्रेसको केन्द्रिय सदस्य र प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा

विकल्प न्यूज/बेनी मंसिर १५ गते ।   नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा म्याग्दीका नेता रेशमबहादुर बानियाँ र गण्डकी प्रदेश कार्यसमितिको उपसभापतिमा नेत्रबहादुर महतले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर नेता द्धायले जिल्ला पार्टी सभापति र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो । […]

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा शेरबहादुर केसी

विकल्प न्युज/ बेनी बेनी, ११ मंसिर ।  नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान […]