मेयरका उम्मेदवार विकले सार्वजनिक गर्नुभयो १५ बुँदे प्रतिवद्धता

विकल्प न्यूज/बेनी
बैशाख १३ गते ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बन्नुभएको युवा नेता कृष्णकुमार विश्वकर्माले बेनी नगरको विकास र समृद्धिका लागि १० बुँदै विकासको योजना सार्वजनिक गर्नुभएको छ । सत्ता गठबन्धनमा आवद्ध समाजवादी जिल्लामा गठबन्धन नभएपछि एक्लै चुनावी मैदानमा आएको छ । समाजवादीले बेनी नगरको मेयरमा विक र उपमेयरमा मुना बानियाँलाई उम्मेदवार बनाएको छ ।

कस्तो नगर ः
अमुर्त र असंभव ठुलो कुरा हैन,मेरो प्रस्ताव ः
ुु१० वडाको ऐतिहासिक वेनी नाम,विपन्नलाई रोजिरोटी युवालाई काम ।
प्रथामिकताका आधारमा कार्यक्रम वनाउने ः
१,अतिविपन्न परिचय पत्र वितरण गरी खानेपानी,स्वास्थ,शिक्षा र सिपमुलक तालिम मा एकसय प्रतिशत सहुलियत दिने।
२,थाकेका वयोवृद्व वावु –आमाको काँध,आम्दानी र उत्पादनमा युवाको हात ।
३ . समुह दर्ता गरी कृषीगर्ने उपयुक्त प्रस्तावना सहित आए,मल,विउविजन,कृषीविमा साथै निश्चित अवधिको लागी युवाहरुलाई सुलभ लोनको प्रवन्ध मिलाउने
४ कृषी उपजको नगरले जिम्मा लिने।
५ सवै वडामा सुविधासम्पन्न वहुउद्देश्यीय खेल मैदान वनाउने।
६ १२ महिना चल्ने सडक बनाउने ।
७ युवा सचेतना कार्यक्रमलाई प्राथमिकता दिने।
८ ,मजदुर सहायता कोष,फरकक्षमता मैत्री नगर।
९ ,दलित हकहितको सुनिश्चित नगर,
१० प्रत्येक वस्तिमा १ उद्यम कार्यक्रम।
११ ,सवै वडाको समुदाय स्तरमा कम्तिमा वर्षायामलाई लक्षित गरी निश्चित संख्यामा स्वयमसेवक नियुक्ति गरी जनताको विपद्जन्य समस्यालाई तत्काल उद्दार गर्ने।
१२ ,प्रत्येक वर्ष टाल्ने हैन,कालोपत्रे फाल्ने र हाम्रै स्थानिय खनिजको उत्पादनको उपयोग गर्दै सवै सडकमा ढुंगा विछ्याउने।
१३ ,वजार वरपर वाल उद्यान र जेष्ठ चौपारी निर्माण गर्ने।
१४  महिनाको १ पटक स्वास्थ घुम्ति सेवा संचालन गर्ने।

पर्यटक वेनिमा अडाउनलाई:-
 तातोपानी कुण्डको महिमालाई व्यापक वनाउदै
अत्याधुनिक वाटर थेरापिको रुपमा विकास गर्ने।
वर्षैनि मुक्तिनाथ जाने धार्मिक पर्यटक हरुलाई
पुलाश्रम पुराउन व्यापक प्रचारप्रसार गर्ने,
निजी लगानिमा ईच्छुक निकाय लाई केवुलकार
निर्माण गर्न लिजमा दिने।
राज्यको नियमनमा व्यवसायिक रेडलाईट एरिया
वनाउने।
कालि-म्याग्दी खोलामा र्याफ्टिङको व्यवसायिक
प्रवर्दन गर्ने ।
गलेश्वर-पछै-पुलाश्रम-तातोपानी-स्वर्गाश्रम
धार्मिक पर्यटन पदमार्ग वनाउने।
१५ ,नगरभित्र प्राविधिक शिक्षालय संचालन गर्ने।