बेनी नगरपालिका

सिंगामा आइपिएम कृषक पाठशाला

विकल्प न्यूज\बेनी जेठ ३१ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन गरेको हो । कृषकहरुलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक विधीबाट खेती गर्ने ज्ञान सिप प्रदान गर्न […]

अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

विकल्प न्यूज\बेनी जेठ ३१ गते । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल ९विद्युतीय० परिचयपत्र […]

सिंगा तातोपानी बजारको सडक कालोपत्रे

विकल्प न्यूज/बेनी जेठ २७ गते ।  बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । बेनी नगरपालिकाले चालू आर्थिक बर्ष २०७९–८० मा २१ […]

बेनी नगरपालिकाले तयार पा¥यो आफ्नै लोगो

विकल्प न्यूज/बेनी २५ गते । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशैं स्थापना दिवसका अवसरमा विहिवार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्वृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको […]

पाँच महिनाको अवधिमा गलेश्वरमा एकलाख भक्तजन आए

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २४ गते । कालिगण्डकी करिडोरमा पर्ने प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँचमहिनाको अवधिमा करिब एकलाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरको दर्शन गर्न गत माघ देखि जेठ १५ सम्म उक्त संख्यामा धार्मिक पर्यटक भित्रिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले […]

म्याग्दीका स्थानीय तहसँग वित्त आयोगको अन्तरक्रिया र छलफल

विकल्प न्यूज/बेनी जेठ २३ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहजीकरणमा  सदरमुकाम बेनीमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र सूचना प्रविधि अधिकृतहरुका लागि समन्यायिकताको आधारमा बजेट वितरणसम्बन्धी […]

पर्वतमा बाँदर धपाउन लौरी पालो

विकल्प न्यूज/बेनी जेठ २३ गते ।  खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् । तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्छन् । बाँदर एउटा […]

बेनीबाट पोखराका जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

विकल्प न्यूज/म्याग्दी जेठ २२ गते । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदै गरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मा नजिक दुर्घटना भएको हो । दुर्घटना लगत्तै प्रहरी […]

गलेश्वरमा करिव साढे ६ लाख भेटी संकलन

विकल्प न्यूज/बेनी जेठ २२ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा एक महिनाको अवधिमा करिब साढे ६ लाख रुपियाँ भेटी संकलन भएको छ । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुबाट एकमहिनाको अवधिमा ६ लाख ४४ हजार ६९७ रुपियाँ भेटी संकलन भएको गलेश्वर क्षेत्रविकास कोषले जनाएको छ । गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका […]

बगुवाखोलाको हरित पार्कमा वृक्षारोपण

विकल्प न्यूज/बेनी जेठ २२ गते ।   म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको सर्जेनी सामुदायिक वनमा निर्माण भएको हरित पार्कमा सोमबार वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवस २०८० को अवसरमा डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा वृक्षारोपण गरिएको हो । दुई वर्षअघि निर्माण भएको पार्कको सौन्दर्यकरण गर्न विभिन्न फुल प्रजातिका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय म्याग्दीका […]

विश्व वातावरण दिवसमा लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो । बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा।लि।ले बेनी बजार, गलेश्वर […]

न्यायिक समितिलाई क्षमता विकास तालिम

म्याग्दी, जेठ २१ गते ।  संविधान जारी भएपछिको दोश्रो स्थानीय तह निर्वाचन भएको एक वर्षपछि म्याग्दीको बेनी नगरपालिकाले न्यायिक समितिलाई क्षमता विकास तालिम लिन सुरु गरेको छ । नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा ४० जनाको सहभागिता थियो । न्यायिक समितिका पदाधीकारी, सुचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपाल, […]

प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित

जेठ २० गते । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य […]

पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि

विकल्प न्यूज/बेनी जेठ २० गते । म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका […]

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विकल्प न्यूज/बेनी जेठ १९ गते । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला […]