बेनी नगरपालिका
सूचना तथा सञ्चार प्रबिधि दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ बैशाख । बेनीमा बुधबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७५ मनाइएको छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) म्याग्दीले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा क्यानका याम केसीले वर्ड प्रेस, बल्गीङ, सामाजिक सञ्जालको विषयमा सहजिकरण गर्नुभएको थियो । […]
बेनी–पात्लेखेत सडक आयोजना सुरु

विकल्प न्यूज/बेनी बैशाख १८ गते । सदरमुकाम बेनी देखि पात्लेखेत जोड्ने सडक स्तारोन्नतीको काम सुरु भएको छ । बेनी नगरपालिकाले सदरमुकाम देखि १० नम्बर वडा पात्लेखेत जोड्ने सडक कालोपत्रेका लागि आयोजना सञ्चालन गरेको हो । बेनीको महारानीथानदेखि कालोपत्रे, घतान र पात्लेखेतको सिमाना अलवाङ देखि पात्लेखेतको ओखले हँुदै रघुगंगा गाउँपालिका ५ झिँको सिमाना सम्म सडक स्तरोन्नतीको […]
बेनीमा एनसीसी बैंकको शाखा स्थापना

विकल्प न्यूज/बेनी बैशाख १६ गते । नेपाल क्रेडीट एण्ड कमर्स (एनसीसी) बैङ्कले बेनी नगरपालिका ८ न्युरोडमा शाखा स्थापना गरेर वित्तिय सेवा सुरु गरेको छ । ८८ औ शाखाको बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उद्घाटन गर्नुभएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि सहज, सरल, सुलभ रुपमा बचत, ऋण लगानी, रेमिट्यान्स, एटीएम लगायत वित्तिय सेवा […]
२६४२ औं लुम्बिनी दिवस मनाउन सुरु

सन्दिप शर्मा/म्याग्दी बैशाख १५ गते । म्याग्दीमा २६४२ औं लुम्बिनी दिवस मनाउन सुरु गरिएको छ । म्याग्दी बौद्व संघ, बेनी को संयोजनमा ३ तिनदिने कार्यक्रम गरेर लुम्बिनि दिवस मनाउन सुरु गरिएको म्याग्दी बौंद्व संघका संयोजक यजनलाल शाक्यले जनाकारी दिनुभयो । दिवसको पहिलो दिन शनिवार बुद्व विहार मंङ्गलघाटमा महिला बौद्व संघ बेनीको संयोजन्मा वुद्वको मुर्तिलाई पुजा […]
२०० वर्ष पुरानो पोखरीको पुनःनिर्माण

विकल्प न्यूज/बेनी बैशाख १४ गते । म्याग्दी -बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए । पानीको […]
पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई आफ्नो जन्मदिन […]
“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”

सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा बिमोचन भएको […]
म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी व्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरिक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो । […]
छात्रवृत्तिका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । […]
कालीगण्डकीको अवैध दोहनलाई जनप्रतिनिधिको संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जनप्रतिनिधिकै आडमा नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ निकालिएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती […]
रत्नेचौरमा प्रहरी बिटको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सघाउन […]
नरबहादुर उपचारका लागि जापानबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ चैत । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका बेनी नगरपालिका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनारको उपचारका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुनारको उपचारका लागि सञ्चालन गरेको अभियानमा जापानमा चिरिञ्जवी शाहको पहलमा संकलन भएको ४२ हजार ८०० रुपैया सोमबार […]
नगरक्षेत्रमा भाडादर निर्धारण

गोपाल छन्त्याल/बेनी चैत २२ गते । बेनी नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको छ । बिहिबार बेनीमा यातायात व्यवसायी र नगरपालिकाको वैठकले नगरक्षेत्रका ९ वटै वडामा चल्ने सवारीसाधनको भाडा निर्धारण गरेको हो । निर्धारण गरिएको भाडा अनुसार, बेनीदेखि अवेचौर ९० रुपैयाँ, बेनी–पुरुडी एकसय, बेनी–पुलाचौर १ सय ३०, बेनी–नयाँगाउँ १ सय ५५, बेनी–चिप्लेटी १ सय […]
बेनी बचतद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग
सन्तोष गौतम /विकल्प न्यूज बेनी २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको छ […]
बेनीको नगर गुरुयोजना तयार पारीने

सन्तोष गौतम /विकल्प न्यूज बेनी २० चैत । बेनी नगरपालिकाले गुरुयोजना बनाउने भएको छ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागेको हो । परामर्शदाता छनौट गरेर गुरुयोजना निर्माणको तयारी भएको नगर कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीले मंगलबार आयोजित पत्रकार […]